गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए दीप संञ्चार असोज ३, २०७९ गते १५:३२ मा प्रकाशित गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेम राज शर्माले पुर्वाधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् ।डा. शर्माले नेपाली प्रवासी मंच अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफु शुरु देखीनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको बताए ।उनले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघठन हुने बताए ।पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरे पछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने बताए । तीनवटा अध्यक्ष बनाए पछि मुखै देखाउन नसक्ने अबस्था आएको बताए । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न आग्रह गरे ।संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे ।उनले अहिले संघभित्र तीन जना अध्यक्ष हुदाँ समाजमा मुख देखाउन समेत नसकिने अवस्था रहेको बताउँदै वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनकोे सुनिश्चितता गर्न आग्रह गरे ।उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसाँ राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिए ।संघको उपाध्यक्ष समेत रहेका शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।‘अबको एनआरएनए – हाम्रो भूमिका विषयक’ कार्यक्रममा बोल्ने बक्ताहरुले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप बढेको, आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मंचका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आआफ्नो भनाईहरु राखेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA, #गैरआवासीय नेपाली संघ एनआरएनए तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणाअबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा…एनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिककतारबाट एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणासभा आज धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा