Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए जापानको नयाँ कार्य समितिले लियो शपथ, बरबुझारथ सम्पन्न

एनआरएनए जापानको नयाँ कार्य समितिले लियो शपथ, बरबुझारथ सम्पन्न


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको विवाद सुल्झाउने क्रममा नयाँ कार्य समितिलाई शपथ ग्रहण गराइएको छ।
गत २०२२ अगष्ट १६ मा एनआरएनए जापानमा विवाद भै रहंदा अनिता गुरुंग समूह र शिब प्रसाद पौडेल समूह बीच ४ बुंदे सहमतिले भएको थियो। सोहि अनुरुप संघका वर्तमान संरक्षक तथा पूर्व अध्यक्ष भवन भट्टले शुक्रबार एनआरएनए जापानको नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएका हुन्। सोही अवसरमा बरबुझारथ गर्ने काम पनि सम्पन्न भएको थियो।

२०२२ अगष्ट १६ को बृहत् सहमतिका ५ बुँदाहरु निम्न अनुसार छन् :
१- मिति २०२१ जुलाई ३० मा सम्पन्न एनआरएनए जापानको निर्वाचनको विषयमा विवाद उत्पन्न भै अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरु द्वारा देश, विदेशमा रहनु भएका नेपालीहरु प्रति यस अवधिमा भएका असुविधा, अन्योल एवं गैरआवासीय नेपाली संघमा पुग्न गएको अपूरणीय क्षति प्रति आत्मालोचना गर्दै, यस अवधीमा भए गरेका सवै घटनाक्रम हरुमा भएका कमि कमजोरीहरुलाई आत्मसात गर्दै गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी नवगठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई चयन गर्ने र अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक ब नाउने। त्यसैगरी अनिता गुरुङ समूहमा रहनुभएका अन्य व्यक्तिहरुलाई आवश्यकता अनुसार सल्लाहकार एवं विभिन्न विभागहरुमा चयन गर्ने ।

२- एनआरएनए जापानको आगामी २०२३-२०२५ कार्यकालको निष्पक्ष, धाँधली रहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गर्ने ।

३- निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वसनीयता र सर्वस्वीकार्यता हुनेगरी सदस्यता वनाउने । साथै एनआरएनए आइसीसीले प्रयोगमा ल्याएको MIS System को विश्वसनीयता र Personal Information Protection  को प्रत्याभूतिको सुनिश्चितता गरी प्रयोगमा ल्याउने ।

४- संघको खाता बाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने ।

५- गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा शिब प्रसाद पौडेल र अनिता गुरुङ रहेको ३ सदस्यीय समिति गठन गरि नयाँ कार्य समिति गठन गर्ने ।
सोही बृहत् सहमति अनुसार सेप्टेम्बर ९ तारिख मा एनआरएनए आईसिसिका संरक्षक भवन भट्टको अध्यक्षतामा एनआरएनए जापानको नयाँ कार्य समितिलाई शपथ ग्रहण गराइएको र आगामी दिनमा सबैलाई मिलाएर काम गर्ने निर्णय गरिएको गुरुंगले बताइन।

साथै सोही बैठकमा सन् २०२१ मा अधिवेशन पछि बांकी रहेको रकम जम्मा जापानी येन २ करोड ५४ लाख मध्ये अफिस भाडा खर्च र अध्यक्ष मण्डललाई छानबिन समितिको खर्च तिर्न दिईएको रकम कटाएर बांकी रहेको २ करोड ३५ लाख ६६ हजार ५० येन लगायतका खाता पाता २०१९-२१ कार्य समितिकी कोषाध्यक्ष कालिका थापाले संरक्षक भवन भट्टलाइ बुझाइन्। उक्त रकम शुक्रबार नै एनआरएनए जापानको कार्यसमितिलाइ हस्तान्तरण गरिने भट्टले जनाएका छन्।

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस