Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाएनआरएनए आइसीसीको उपाध्यक्षमा रबिना थापाको उम्मेदवारी

एनआरएनए आइसीसीको उपाध्यक्षमा रबिना थापाको उम्मेदवारी


दोहा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको नबौं महाधिबेशनको संघारमा आई पुग्दा उम्मेदवारी दिनेहरुको लहर निकै बढेको छ । यसै क्रममा लामो समय सामाजिक क्षेत्रलाई आफ्नो दिन चर्या बनाउदै गैर आवासीय नेपालीहरुको हक हित र अधिकारको लागि निरन्तर कृयाशिल रबिना थापाले पनि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद् (एनआरएनए आईसिसी)को आगामी २०१९-२०२१ कार्यकालको खुल्लातर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

म्याग्दीमा जन्मिएर जापान र अमेरिकालाई आफ्नो कर्म थलो बनाएकी थापाले पछिल्लो पटक २ दिनको तयारीमा उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दा पनि निकै कम मतको अन्तरालले पराजित भएकी थिइन । यसै अनुभवलाई आधार मान्ने हो भने यस पटकको पूर्व तयारीले विजय प्राप्तीलाई शुनिश्चित तुल्याएको थापाको विश्वास रहेको छ । थापाको यस पटकको पूर्व तयारी तथा प्रतिनिधिहरु संगको सम्बन्ध निकै मजबुत हुनु नै उनको जितको बलियों कड़ी हुनेछ ।
राष्ट्रीयता, सामाजिक सद्भाव, संस्कार, संस्कृति र परम्परा प्रति निकै ज़िम्मेवार हुँदै थुप्रै सामाजिक संघ संस्थामा आबद्द रहेकी थापा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१५-२०१७ कार्यकालको निर्वाचित उपाध्यक्ष हुन भने एनआरएनए आइसीसी सचिव जानकी गुरुङ संयोजक रहेको ‘वन एनसिसी, वन च्यारिटी’ कमिटीकी उपसंयोजक पनि हुन ।
आफ्नो जन्मनै राजनितिक परिवारमा भएको र कर्म घर समेत सोहि भुमिकामा रहेको हुँदा आफूलाई खुल्ला तर्फको उपाध्यक्षमा संक्षम र सबल रहेको बताउने थापाले महिला संयोजक तथा महिला उपाध्यक्षमा उम्मेदवारी दिई आरक्षणमा प्रतिस्पर्धा नगर्ने बताउछिन ।
एनआरएनमा महिला नेतृत्वको अभाव छ । संघको १६ बर्षे इतिहासमा जमुना गुरुङ नै पहिलो पटक अध्यक्षमा उम्मेद्वार हुन सकेको इतिहासले महिला नेतृत्व विकाशलाई थप चुनौती दिएको छ । त्यसमा पनि महिला महिला भिडेर एउटा जित्ने अर्को हार्ने गर्दा महिलाहरुको सहभागिता झन हराउँदै जान्छ । महिला उपाध्यक्ष तर्फ पक्कै पनि महिला नै आउने हाे । आफू खुल्ला तर्फ जितेपछि कम्तिमा पनि दुइजना उपाध्यक्ष महिला हुन्छन । यसबाट पाँच जना उपाध्यक्षमा कम्तिमा पनि दुइजना त महिला हुन्छन । त्यसैले पनि आफू खुल्लातर्फ उम्मेद्वार हुने थापाको बुझाई छ ।
हाल सम्म अध्यक्षका लागि आकांक्षी हुनुभएका कुमार पन्त र कुल आचार्य दुबैजनासँग राम्रो कुराकानी भएको बताएने थापाले मिलेर गएको र मिलाएर लगेको स्थितिमा मिलेर जाने, समर्थन गर्ने अन्यथा आफू खुल्ला तर्फ स्वतन्त्र रुपमा उम्मेद्वार हुने तयारी गरेकी छिन् ।
विजयी अध्यक्षको एजेण्डा अनुरुप गरिएका योजनामा सकृय रुपमा योगदान दिने र आफ्नो कार्यकालमा कम्तिमा एउटा प्रोजेक्ट शुरु र सम्पन्न गर्ने लक्ष्य लिएकी थापाले आफू बिजयी भएमा एनआरएनका प्रमुख बिषयहरुलाई कार्यान्वयन गर्न आफूले मुख्य भूमिका खेल्ने कुरामा प्रतिबद्द रहेकी छिन् ।
अध्यधिक मतदाता रहेको क्षेत्रहरु अमेरिका, मध्यपूर्व, युरोप, एशिया र ओसनियामा राम्रो संञ्जाल विस्तार गर्न सफल थापाले अफ्रिकामा पनि सम्पर्क बढाउँदै गरेकोले आफू जित्ने कुरामा विश्वस्त छिन् ।
आफू म्याग्दीकी चेली भएकीले म्याग्दी समाज (मोना), कास्कीकी बुहारी भएकीले कास्केली समाजको ठूलो समर्थन आफूलाई रहेको उनको दावी छ । त्यसबाहेक, राजजितिक घर नेपाली काँग्रेस हो । नेपाली काँग्रेसको छाता संगठन नेपाली जनसम्पर्क समिति विदेशमा स्थापना गर्न आफ्नो श्रीमान नारायाण थापा र आफूले पहल गरेकै हो । जापान र अमेरिकामा जनसम्पर्क समिति स्थापन गर्न योगदान गरेको कारणले पनि नेपाली जनसम्पर्क समितिका समर्थनहरुको संञ्जाल आफूसंग राम्रो भएको बताउने थापालाई वर्तमान नेकपा तथा हरेक तह र तप्कामा रहेर काम गर्ने प्रतिनिधिहरुको राम्रो समर्थन रहेको छ ।
एनआरएनएका थुप्रै एनसीसी पधाधिकारी र नेतृत्वमा आफन्त र साथीहरु छन त्यसैगरी वर्तमान आकाक्षीहरुमध्ये धेरैजनासंग तालमेल र संञ्जाल विस्तार पनि गर्दै गरेकी थापालाई संघका पूर्वज र वर्तमान नेतृत्वका सबैजसोले विगतको उनको योगदान र क्षमताको मूल्याङकन गरेका छन् ।

क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस