Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलाई कारवाही

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलाई कारवाही


लन्डन । गैरआवासीय नेपाली संघ बेलायत-एनआरएनए युके)का दुई तिहाइ बढी पदाधिकारी, कार्यसमिति सदस्य र एनआरएनए अभियन्ताहरुले अध्यक्ष प्रेम गाहा मगरबाट भइरहेका विधान विपरितका अवान्छित गतिविधिबारे घोर आपत्ति जनाउँदै कारवाही अगाडी बढाएका छन् ।

सोमबार एक भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष मगरलाई विधान अनुसार कारवाहीका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई पत्राचार गरिएको जानकारी पनि गराइयो ।

गैर आवासीय नेपाली संघको विधानमा कुनै पदाधिकारीले विधान विपरित कृयाकलाप गरि संस्थालाई नोक्सान पुर्याएको ठहरेमा कार्यसमितीको बहुमतले त्यस्तो पदाधिकारी विरुद्ध कारवाही गरी अनुमोदनका लागि केन्द्रमा पठाउने ब्यावस्था छ । अध्यक्ष गाहामगरलाई विधान विपरीत गरेका कार्यहरु सच्याउने प्रतिवद्धतासहित छलफलमा आउन ३३ सदस्यीय कार्यसमितीका २३ जना पदाधिकारी तथा सदस्यहरुले दिएको ७२ घण्टाको समय सीमा सकिएपछि आइसीसीलाई पत्राचार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

७२ घण्टे अल्टीमेटम पत्रमा संस्थाको विधान तथा उदेश्य विपरित गरि संगिन र उदण्ड कृयाकलापको फेहरिस्त सहित अध्यक्ष प्रेम गाहा मगर कार्य क्षेमताको अभाव रहेको कार्य समितीमा अल्पमतमा परेको र गम्भिर विचलन देखिएकोले अध्यक्षको रुपमा रहीरहने नैतिक तथा कानुनी आधार समाप्त भएको अध्यक्ष उपर अविस्वास गरिएको थियो ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए युके उपाध्यक्ष मोहन कार्कीले अध्यक्ष मगरमाथि विश्वास नभएको भनी पठाइएको पत्रको बाचन गरेका थिए, यसैगरि उपाध्यक्ष गोविन्द खरेलले गत अगष्ट ५ मा संघसंस्था प्रतिनिधी सभालाई अमान्य घोषणा गरिएको कार्यसमितीको निर्णय सुनाएका थिए भने उपाध्यक्ष सुनिलबाबु खड्काले संस्थाका बहुमत पदाधिकारी र सदस्यहरुलबाट भएको पछिल्लो निर्णय सुनाएपछि बोल्ने अधिकांश बक्ताहरुले अध्यक्ष मगरमाथि तत्काल कारवाही अघि बढाउनुपर्ने बताएका छन् । त्यस्तै, कोषाध्यक्ष विष्णु खरेलले आइसीसीलाई सदस्यता शुल्क वापतको करिब ३९ हजार पाउन्ड पठाउन एनआरएनए युकेको बहुमत कार्यसमितिले गरेको निर्णय आफूहरुले कार्यान्वयन गरेको स्पष्ट पारे ।

उपाध्यक्ष सकुतन्ला गुरुङले कोषाध्यक्षमाथि लागेको आरोपको खण्डन गर्दै अध्यक्ष मगरले जातीय विभाजन गरेको, अनावश्यक आरोप लगाएको र विधान विपरित काम गरेकाले कारवाही गर्नु परेको बताइन । महासचिब खुशी लिम्बुले अध्यक्षबाट शुरुदेखि नै विधानको पालना नभएको, एकलौटी रुपमा अघि बढेको, आक्रमक बन्ने, अनावश्यक आरोप लगाउने, संस्थाको निर्णय विपरित अभिव्यक्ति र आश्वासन दिने गरेकाले काम गर्न सक्ने अवस्था गुमेको बताए । यसै गरि उपाध्यक्ष रामचन्द्र पोखरेलले लामो समय प्रतिक्षा गर्दापनि अध्यक्ष मगर नसुध्रिएकाले बाध्य भएर उहाँको कारवाहीका लागि अघि बढ्नुपरेको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायण कंडेलले आइसीसीलाई सदस्यता शुल्क पठाउनुपर्ने बैधानिक व्यवस्था रहेकाले पठाउनु संस्थाको दायित्व रहेको औंल्याए । उनले संस्थामा रहेर काम गर्दा विधानको पालन अनिवार्य भएकाले एमओयू गरेर नै आइसीसीमा शुल्क पठाइएको जानकारी दिंदै अध्यक्षबाट अनावश्यक आरोप लगाउनु गलत भएको बताए । ‘केन्द्रमा पैसा पठाउने कुरो अध्यक्ष आफ्नै योजना हो । उहाँकै अध्यक्षतामा बसेको बैठकले एमओयू गरेर नै पैसा पठाउने सल्लाह भएको हो । त्यसैले उहाँले असहमति जनाउनु हांस्यस्पद छ’, उनले भने,‘अध्यक्षले देखाउनुपर्ने एउटा कुरा, गर्नुपर्ने अर्को कुरा भएकाले उहाँलाई समस्या भएको हुनसक्छ ।’

सचिब बिष्णु खरेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा अधिकांश वक्ताहरुले अध्यक्ष मगरलाई कारवाही नगरे संस्था अघि बढ्न नसक्ने धारणा राखे । सम्मेलनमा विशेषगरी आइसीसीमा करीव ३९ हजार पाउण्ड पठाउने कार्यमा अध्यक्ष प्रेम गाहामगरको संलग्नता रहेको कुरा निर्णयहरु सार्वजनिक गरेर पुष्टी गरिएको थियो ।

गत मे महिनामा अध्यक्ष मगरले अन्तर्राष्ट्रिय समन्वय परिषद् कार्यकारी अध्यक्ष कुल आचार्यलाई लेखेको पत्र पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा कार्यसमितीका २३ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ, बेलायत
ट्याग : #breaking, #NRNA, #प्रेम गाहा मगर

तपाईको प्रतिक्रिया दिनुहोस