Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको नवौ एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन मिलाप बैंककमा,सम्मेलनमा ३०० बढिको उपस्थिती (नामसहित)

एनआरएनएको नवौ एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन मिलाप बैंककमा,सम्मेलनमा ३०० बढिको उपस्थिती (नामसहित)


गैरआवासीय नेपाली संघ (एनआरएनए) को नौं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुक्रबार देखि बैंकक, थाइल्याण्डमा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको मुख्य आतिथ्यतामा कार्यक्रम शुरु हुन गै रहेको हो ।

“मिलाप” लाई मुख्य नारा बनाई शुरु भएको यो कार्यक्रमको मुख्य उद्धेश्य संघका सबै सदस्य बिच सहमती र एकता गराउनु भएको सम्मेलनका संयोजक पारसमणी प्रोख्रेलले बताए । उनका अनुसार सम्मेलनमा आयोजन गरिएका हरेक गतिविधिले मिलापका लागि गरिएका छ । कार्यक्रम अगष्ट २५ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।सम्मेलनमा विभिन्न मुलुकमा रहेको संघ ३०० सदस्यको सहभागी हुने आयोजकको अनुमान रहेको छ ।

कार्यक्रमको बारेमा जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै केन्द्रिय अध्यक्ष कुल आचार्यले सम्मेलनमा विभिन्न मुलुकबाट सदस्यहरु उपस्थित भएका छन् । यसले नै सबैबिच भेटघाट र मिलाप हुने अपेक्षा गरिएको उनले बताए । “यो मिलापको पहिलो चरण हो,” उनले भने । यद्यपी केही साथीहरुको केहि सन्तुष्टी छन् । उनीहरुलाई पनि मिलाएर सँग लैजाने मनसाय रहेको उनले बताए । केही साथीहरुको असन्तुष्टी थियो । त्यो पनि संस्थाको हितको लागि नै राखिएको असन्तुष्टी हो । तर, असन्तुष्टी लिएर बाहिर रहेका साथीहरुलाई पनि सँगै लैजाने छौ । “सबैल मन देखि नै एकता होस भन्ने चाहन्छौ,” उनले भने । यसका साथै एशिया प्यासिफिलक क्षेत्रमा भएका श्रमिकका समस्यामा बिच छलफल गर्नेछौ ।

त्यस्तै, केन्द्रिय अध्यक्ष रबिना थापा दशौ अधिवेशन नै मिलाप भएको बताईन् । थाईल्याण्मा त्यसलाई सेलिब्रेट गर्न आएको उनले भनीन् । “कोभिड पछिको यो हाम्रो पहिलो भौतिक उपस्थितीका साथ आयोजना भएको पहिलो कार्यक्रम हो,” उनले भनीन् । त्यसैले पनि हामीले यसलाई मिलापको रुपमा लिएका छौ ।

अर्का केन्द्रिय अध्यक्ष डा.बद्री केसीले हामीले आफनो व्यक्तिगत भन्दा पनि संस्थाको हितको लागि सोच्न सक्यो भने मिलाप हुनेछ । त्यसको उदाहरण भनेको काठमाडौको सम्मेलन भएको उनले बताए । साथीहरु बिच केही असन्तुष्टी भए पनि त्यसलाई माझेर मिलाप गर्नुपर्ने उनले सुझाए ।

नेपाल संस्कृतिको धनी हो । सँस्कृतिको नेपाललाई अझ ठूलो वृहत बनाउन संघ लाग रहेको उनले बताए । संघको २० बर्षको इतिहास छ । यो अवधिमा संघले जति धेरै कुरा दिएको छ त्यो अहिले आउँने अन्य संस्थाले दिन नसक्ने उनले बताए ।
दोस्रो विश्वयुद्ध ताका नै ६ लाख नेपाली थाईल्याण्डमा छन् । उनीहरुले थाईल्याण्डमा नेपाली सँस्कृतिलाई जोगाई रहेको छौ । धेरै बर्ष अगाडी नेपालीलाई भुटानबाट लखेटियो । नेपालमा केही समय बसेका शरणार्थी भुटानी पछि अहिले विश्वका विभिन्न मुलुकमा छन् । जसको संख्या एक लाख जति छ । उनीहरु पनि कहि कतै नेपालसँग जोडिन चाहन्छन् । उनीहरुलाई पनि नेपालसँग जोड्नका लागि मिलाप महत्वपूर्ण भएको अध्यक्ष डा।केसीले बताए ।
एशिया प्यासिफिक क्षेत्र भित्र मलेशियामा ५ लाख नेपाली छन् । जो कम पैसामा काम गरेका छन् । हंगकंग, कोरिया र जापानमा काम गर्नेले धेरै पैसा कमाएर रहेका छन् । तर, धेरै कमाउने होस वा थोरै कमाउने सबै श्रमिकको समस्या छ । ती सबै समस्यालाई छलफल गर्नका लागि पनि यो सम्मेलन आयोजना गरिएको अध्यक्ष डा।केसीले बताए ।

कार्यक्रममा एनआरएनए प्रवक्ता शिव बरुवालले यो सम्मेलनले ठोस निस्कर्श निकाल्ने जनाउदै कार्यक्रम सफल बनाउन सन्चारमाध्यमको ठुलो भुमिका रहेको बताए ।
कार्यक्रममा एशिया प्याशिफिक संयोजक पारसमणि पोखरेलले ‘मिलाप’ एकीकरणका लागि यो सम्मेलन सफल हुने जनाउँदै कार्यक्रम तालिकाको बारेमा जानकारी दिएका थिए भने अर्का संयोजक डिपी कडेलले कार्यक्रमलाई सफल बनाउनका लागि आफुहरु अहोरात्र खटेको जनाउदै सहभागीहरुको रचनात्मक सहयोग र सुझाबको अपेक्षा गरेको बताए । एशिया प्याशिफिक क्षेत्रिय सचिव प्रदिप न्यौपानेले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । त्यस्तै एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउँन अनुरोध गरे ।
कार्यक्रम एनआरएनएका समाचार संयोजक चिरन शर्माले सन्चालन गरेका थिए ।

एशिया प्याशिफिक सम्मेलनमा ३०० भन्दा बढीको उपस्थित,क-कस्को उपस्थिती
एशिया प्याशिफिक सम्मेलनका लागी बिश्वका ३० भन्दा बढी देशका ३०० भन्दा बढी गैरआवासीय नेपाली बैंकक आईसकेका छन । बैंककमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवर,नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा,मध्यपुर्व अध्यक्ष शनि कुमार ओली,एनआरएनए पुर्व अध्यक्ष एबं संरक्षक भवन भट्ट,अध्यक्ष कुल आचार्य,रबिना थापा,डा।बद्री केसी,उपाध्यक्ष आरके शर्मा,धर्मराज अधिकारी,रोविन्द प्रसाद श्रेस्ठ,युवा उपाध्यक्ष रोशन थापा,महासचिब केशब शर्मा,उपमहासचिव रामशरण सिंखडा,सचिव खगेन्द्र न्यौपाने, टिका गुरुंग,सह कोशाध्यक्ष नारायण सुवेदी,प्रवक्ता शिव कुमार बरुवाल,एनआरएनए एशिया प्याशिफिक क्षेत्रका संयोजक पारसमणी पोखरेल,डिपी कँडेल,सहसंयोजक नवीन बिक,दधिवाला खड्का,हरी भट्टराई,
एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली,एनआरएनए युरोप क्षेत्रिय सह संयोजक ललित कुमार न्यौपाने,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा र उपाध्यक्ष राकेश महतो,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन,एनआरएनए भियतनामका अध्यक्ष एनआरएनए सिंगापुरका अध्यक्ष किरन पराजुली,एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्कालगाएत धेरै गैर आवासीय नेपाली,राजनितिक दलका नेताहरु,विभिन्न संचारमाध्यमका प्रतिनिधी लगाएतको उल्लेख्य सहभगिता रहेको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस