Techie IT
×
गृहपृष्ठग्लोबलएक दिन अघि सर्यो फिफा कप २०२२

एक दिन अघि सर्यो फिफा कप २०२२


दोहा – कतारमा यसैवर्ष आयोजना हुने फिफा विश्वकप एक दिन अघि सरेको छ ।

उद्घाटन खेलमा आयोजक कतारले अब इक्वेडरसँग २१ नोभेम्बरमा खेल्नेछ।

फिफा काउन्सिलको ब्यूरोले सर्वसम्मत निर्णय गरेपछि अल बायत रंगशालामा यस वर्षको प्रतियोगिताको उद्घाटन खेल र समारोह एक दिन अगाडि सारिएको हो।

यसअघि नोभेम्बर २१ मा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्यान्ड बिचको खेलबाट प्रतियोगिता सुरु गरिने तय भएको थियो ।

प्रतियोगिता नोभेम्बर २० बाट सुरु भएपनि यस अघि तय भैसकेको अन्य खेलको मिति र समयमा कुनै फरक पर्ने छैन।

सेनेगल र नेदरल्याण्ड्स बीचको भिडन्त नोभेम्बर २१ मा हुनेछ।

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #FIFA 2022, #hot

तपाईको प्रतिक्रिया दिनुहोस