Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगैर–आवासीय नेपाली संघ यूकेको कार्यसमितिमा हालै विकसित घटनाहरु नयाँ चरणमा

गैर–आवासीय नेपाली संघ यूकेको कार्यसमितिमा हालै विकसित घटनाहरु नयाँ चरणमा

कार्यसमितिमा एक चौथाईभन्दा कमले साथ दिएपछि प्रेम गाहामगर छुट्टै एनआरएनए यूके खोल्ने अभियानमा


गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिमा हालै विकसित घटनाहरु नयाँ चरणमा पुगेको छ ।

अध्यक्ष प्रेम गाहा मगरद्धारा श्रृङखलाबद्द रुपमा अवैधानिक गतिविधि भएको र संघलाई एकलौटी ढंगले अघि बढाएर संकटमा फसाएको भन्दै कार्यसमितिको ७५ प्रतिशत सदस्यहरुले एक संयृुक्त प्रेस वक्तव्य जारी गरेका छन् । उक्त प्रेस वक्तव्यसंगै आज अगस्ट ६ मा गर्ने भनिएको साधारण सभा स्वतः रद्द भएको छ ।

गत अगस्ट ५ को दिन कार्यसमितिका पुरै ६ जना उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायत अन्य दश जना सदस्यहरु र चारमध्ये तीन वटा राज्यपरिषदका अध्यक्षहरुले सामुहिक रुपमा प्रेस वक्तव्य प्रकाशित गर्दै अध्यक्ष प्रेम गाहा मगरको विरुद्द ऐक्यवद्दता जनाएका छन् ।

अध्यक्ष लगायतका ३३–सदस्यीय कार्यसमितिमा अहिले सचिव नम्रता घले, सदस्यहरु विशाल राई, चेतन राना र आफूद्धारा मनोनित को–अप सदस्यहरु हितकाजी गुरुङ, आवेश राई र ज्ञाञ्जू लामा मौन रहेका छन् भने प्रवक्ता भरतमणी लिम्बू, युवा संयोजक अनिल मल्ल र सदस्य चम्पा थापा मगर मात्रै प्रेम गाहा मगरको पक्षमा खुलेर लागेका छन् ।

कार्यसमितिका प्रभावशाली सदस्यहरुमध्ये सचिव ज्ञानेन्द्र आले भने मगर संघ यूकेको डरको कारण प्रेस वक्तव्यमा हस्ताक्षर गर्न मानेनन् ।

त्यस्तै, महिला संयोजक बिमला लिम्बू नेकपा माआवादी केन्द्रनिकट आफ्नो संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको महासचिव भएको र अध्यक्ष मानबहादुर गुरुङको दवावको कारण हस्ताक्षर अभियानमा भाग नलिएको बुझिएको छ । तर दुवै पदाधिकारीहरुले प्रेस वक्तव्यमा त्यसरी हस्ताक्षर नगरेपनि आज अगस्ट ६ शनिबार हुने भनिएको साधारण सभामा आफूहरुले भाग नलिने बताएका छन् ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA, #गैर–आवासीय नेपाली संघ

तपाईको प्रतिक्रिया दिनुहोस