Techie IT
×
गृहपृष्ठग्लोबलप्रतियुशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

प्रतियुशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता


प्रतियुशा बोहरा मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनेकी छिन ।

उनले १४ जना प्रतिस्प्रद्धिहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी छिन ।

यसै गरि प्रथम बिजेता आन्या थापा तथा द्वितीय बिजेता दिव्या पन्त भएका छन ।यसको साथै प्रतिभावानमा दिव्या पन्त, लोकप्रियमा प्रतियुशा बोहरा , फोटोजेनिक (चित्रण योग्य) मा रजिना कार्की,मुस्कानमा रजिना कार्की ,उत्कृष्ट पोशाकमा शिला बस्नेत,व्यक्तित्वमा छिरिग शेर्पा, बयक्तित्वमा रिया बराल छालामा आन्या थापा, उदाउदो तारामा जानकी राई,मित्रतामा बिष्णु मिस्रा,परम्परा र उत्कृष्ट शारीरिक वनावटमा शिवालिका भण्डारी, उत्कृष्ट कपालमा स्वस्तिका भण्डारी,,मिलनशारमा सरोज तामाग तथा उत्कृष्ट हिडाई बिष्णु मिश्रा बिजयी भएका छन ।

अगस्त १ देखि अगस्त सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ६ का शनिवारका समापन समारोहमा विजेताहरुको घोषणा गरिएको थियो।

१४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता भएका थिए ।

पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

 

१४ जना प्रतियोगीहरुमा आन्या थापा कोलोराडो,बिष्णु मिश्रा ओहायो,दिया पन्त पेनसेलभेनिया,मिङ्ग्मा शेर्पा न्ययोर्क,राजीना कार्की न्यू मेक्सिको,रिया बराल क्यान्सस ,सारा कार्की टेक्सस,सरोज तामाङ्ग मिसिगन ,शिला बस्नेत सान फ्रान्सिस्को ,शिभालिका भण्डारी टेक्सस,प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिका लयालु टेक्सस ,छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए ।

आयोजना भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिईन भने उन्ले यस बर्ष सहित चौथो पटक कोरियोग्राफरको जिम्मेबारी पाईकी थिईन ।

नायिका स्वस्तिमा खड्का निर्णायक मध्ये कै एक रहेकी थिईन ।

निशा पाठक तथा साहना बज्राचार्य द्वय कार्यक्रम प्रस्तोता रहेका थिए ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । १२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

 

मिस नेपाल नर्थ अमेरिका २०२२ का आधिकारिक चित्रकार९ फोटोग्राफर०नाम्लो ईभेन्ट्स रहेको थियो । बिक्रान्त श्रेष्ठ संचालक हुन् भने उनले प्रतियोगिता अगाडी देखि सबै प्रतियोगीहरुको तस्विरहरु खिचेका थिए । उनि पनि बिगत ४ बर्ष देखि नै यो प्रतियोगिताको आधिकारिक छायाचित्रकार हुन ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा सहभागी हुन नेपाल सुन्दरी प्रियंका रानी जोशीको उपस्थिति रहेको थियो भने उनको भूमिका बिशेष अतिथिको रुपमा रहेको थियो ।

साथै हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीको पनि सहभागिता रहेको थियो भने उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । निर्णायकहरुमा जोली अमात्य, सॅजय कोइराला, निती शाह , राजु श्रेष्ठ , तेन्जिग पाल्देन तथा उज्जवल सिह रहेका थिए ।

तस्विर: नाम्लो ईभेन्टस


क्याटेगोरी : ग्लोबल
ट्याग : #मिस नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस