Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने

नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने


नेवारहरूको साझा संस्थाको रुपमा स्थापित नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने भएको छ ।

कतारलाई कर्मथलो बनाएर कार्य गर्दै रहेका यहांका युवा नेवार जातीका श्रमिकहरुले आफ्नो भाषा, संस्कृतिको पहिचान, जगेर्ना गर्न र श्रृजनात्मक तथा सामाजिक कार्यहरुमा सहयोग पुर्याउने उद्देश्यले सन स् २०११ मा कतारमा स्थापना गरिएको संस्थाले तेश्रो साधारण सभा गर्न लागेको हो ।

यही आउदो शुक्रबार १९ अगष्ट २०२२ दोहा स्थित शालिमार स्तानबुल रेष्टुरेन्टमा हुने कार्यक्रम नेवा पुच का कार्यवाहक अध्यक्ष राजु महर्जनले बताए । उक्त साधारण सभामा कतारमा स्थापित संम्पुर्ण संघसंस्था लगायत बुद्धिजिवि, कलाकार, पत्रकार,साहित्यकार कतारमा रहेका नेपाली हरुलाई उपस्थिति को लागी आग्रह समेत गरेका छन ।

संस्था स्थापनाकाल देखि नै सामाजिक, आर्थिक तथा विभिन्न श्रृजनात्मक कार्यहरु गर्दै आइरहेको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #कतार

तपाईको प्रतिक्रिया दिनुहोस