Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए एनसिसि यूके भेला विवाद : पुर्व अध्यक्ष घले दम्पत्ति बेलायतमा, २४ पदाधिकारीद्धारा कार्यक्रम बहिष्कार गर्ने घोषणा

एनआरएनए एनसिसि यूके भेला विवाद : पुर्व अध्यक्ष घले दम्पत्ति बेलायतमा, २४ पदाधिकारीद्धारा कार्यक्रम बहिष्कार गर्ने घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार हुने भेलामा संघका केन्द्रीय पदाधिकारी तथा पूर्वअध्यक्षहरु अनुपस्थित हुने भएका छन् ।

एनआरएनए यूके स्रोतका अनुसार विहिवार साँझ सम्पन्न कार्यसमितिको बैठकमा सो भेलामा संघका पूर्वअध्यक्ष शेष घलेलाई प्रमुख अतिथिको रुपमा ल्याउन अध्यक्ष प्रेम गाहामगरले अडान लिए पछि संघका पदाधिकारीहरुले सो भेला बहिस्कार गर्ने भएका हुन् ।

स्रोतका अनुसार कार्यसमितिका बहुमत सदस्यहरुले शेष घलेको सट्टा संघका अध्यक्ष कुल आचार्य र केन्द्रीय पदाधिकारीहरुलाई कार्यक्रममा सहभागी गराउनु पर्ने माग गरेका थिए । स्रोतका अनुसार संघका पूर्वअध्यक्ष घले दम्पति एनआरएनए यूकेको आयोजनामा हुने भेलामा सहभागी हुन् बेलायत आएका छन् ।

संघका उपमहासचिव रामशरण सिमखडाले एनआरएनए यूकेको निर्वाचित समितिलाई हाल सम्म मान्यता दिए पनि घले उपस्थित भएर एक पक्षीय भेलाको आयोजना गरिए एनआरएनए यूके विधिवत रुपमा बिभाजन तर्फ जाने बताए। उनले घलेलाई समाज फुटाउने नाइके नबन्न समेत सुझाव दिए । सिमखडाले आफु संघको पंन्जिकृत सदस्य भए पनि साधारणसभाको लागि निमन्त्रणा नआएको बताए । उनले शनिवार एनआरएनए यूकेको साधारणसभा हुन नसक्ने बताए ।

यसअघि अध्यक्ष गाहामगरले संघका अध्यक्ष कुल आचार्यलाई कुनै पनि हालतमा नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका दिए । गाहामगरले लामो समय सम्म सदस्यता शुल्क रोके पनि कार्यसमितिको बहुमतले पंन्जिकृत सदस्यहरुको शुल्क केन्द्रमा पठाइएको थियो ।

यसैबीच एनआरएनए यूकेको ३३ जना मध्ये २४ जना कार्यसमितिका पदाधिकारीहरुले शनिवार हुने भेला एनआरएनए यूकेको नभएको बताएका छन् । शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै संघका उपाध्यक्ष नारायण कँडेल, सुनिलबाबु खड्का, शकुन्तला गुुरुङ, मोहन कार्की, रामचन्द्र पोखरेल, गोविन्द खरेल, महासचिव शुसी लिम्बु, कोषाध्यक्ष बिष्णु खरेलले सो कार्यक्रममा सहभागी नहुन अपिल गरेका छन् ।

बिज्ञप्तिको पूर्णपाठ-


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस