Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन

गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन


गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा बसेको बैठकले वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ।

वैदेशिक रोजगारमा दशक विताएका धरम केसीको सोच र प्रस्तावलाई मध्यनजर गर्दै सोही अनुसार योजना सुरु गरिएको हो।

जुलाई १६ मा बसेको बैठकले परियाजनाको अधिवक्ता प्रकृति कार्कीलाई अगष्ट १ देखि काम सुरु गर्नेगरी नियुक्ति दिएको हो।

 

कार्कीलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति (FEMWWC) को सदस्य सचिव तथा संस्थाको लिगल कन्सल्ट्याण्ट (कानुनी परामर्शदाता) का हैसियतमा काम गर्नेगरी नियुक्त गरेको हो।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #गैरआवासीय नेपाली संघ

तपाईको प्रतिक्रिया दिनुहोस