Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको प्रमुख कार्यकारी निर्देशकमा अधिकारी नियूक्त

एनआरएनएको प्रमुख कार्यकारी निर्देशकमा अधिकारी नियूक्त


काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएमा गत वैशाख देखि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त भएका छन ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यका अनुसार संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघले शुक्रवार नियुक्ति दिएको हो । आजैबाट संघको कार्यालय सम्हाल्ने गरि नियुक्ति दिएका छौं आचार्यले भने ।

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समय देखि खालि हुदा काम पेन्डिङमा रहेको र अब अघि बढ्ने बताए ।

प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि रवि कुमार अधिकारी,राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल) र बन्दना शर्मा अन्तरवार्तामा सहभागी भएका थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस