Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित

नेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित


नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित भएका छन ।

भट्टलाई निगरानी दैनिकको बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गरेका हुन । बागलुङ्गमा जन्मेका भट्टले विगत २ दशक देखी कतारलाई आफनो कर्मभूमि बनाउदै आएका छन । उनी गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय समितिका पुर्व सदस्य र एनआरएनए अभियन्ता समेत हुनु ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी भट्टले बताए ।

भट्टले आफुले गरेको कार्यको मूल्यांकन गर्दै उक्त सम्मान बितरण गरेकोमा आयोजक र श्रममन्त्रीलाई धन्यवाद ब्यक्त गरे । उनले आफूले सधै नेपाल र नेपालीहरुका हकहितका लागी कार्य गर्ने जनाउदै यो सम्मानले थप जिम्मेवारी थपेको बताए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #रमेश भट्ट

तपाईको प्रतिक्रिया दिनुहोस