Techie IT
×
गृहपृष्ठग्लोबलगल्फउत्कृष्ट एनसीसी कतार हो र अबको आईसीसी अध्यक्ष पनि मध्यपूर्व बाटै हुनेछ : संयोजक गोर्खाली

उत्कृष्ट एनसीसी कतार हो र अबको आईसीसी अध्यक्ष पनि मध्यपूर्व बाटै हुनेछ : संयोजक गोर्खाली


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१–२०२३ कार्यकालको दोस्रो परिषद ( बार्षिक भेला ) गत शुक्रबार प्रत्यक्ष र भर्चुअल जुम अनलाइन मार्फत नेपाली राजदूतावासको सभा हलमा सम्पन्न गरिएको छ । एनसिसि कतारको बिधान–२००३ को (दशौ संसोधन २०२१) को परिच्छेद ६ को दफा १३ को उपदफा १३.२ मा ब्यवस्था भए बमोजिम गरिएको परिषद भेला (बार्षिक भेला) कार्यक्रममा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएनए मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठ’गोर्खाली’ले एनआरएनए जन्मीएको १९ बर्षसम्ममा पनि मध्यपुर्वबाट एऊटा अध्यक्ष पनि नबन्नू दुखद भएको जनाउदै आगामी नेतृत्व मध्यपुर्ववाट आउने दावी गरेका छन्। आफू मध्यपुर्व संयोजक भएकै बेलामा नया आईसिसि अध्यक्ष आउने घोषणा गरेका हुन् ।

उनले एनआरएनए आईसिसीले मध्यपुर्व र मलेसियालाई बिशेष प्राथमिकता दिएर अगाडी बढेको बताए । कार्यक्रममा अध्यक्ष मुक्तदाले बोल्दै भेलामा पेश भएका सबै विवरण पास गर्ने परिषद सदस्यहरूलाई धन्यवाद ब्यक्त गरे ।

मुक्तदाले एनसीसी कतारलाई उत्कृष्ट एनसीसीको दावीसमेत गरेका छन् । उनले एनसीसी कतारले आफ्नो कार्यकालमा धेरै कार्य गरेको र त्यो वेभसाइटमा गएर हेर्न सकिने बताए ।

कार्यक्रममा द्वितीय सचिव प्रबीन भट्टराई, आईसीसी उपाध्यक्षहरु आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,आईसीसी सचिव प्रवीण गुरुंग,मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ’ गोर्खाली’ लगायत कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुखहरु, पत्रकार एवम परिषद सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको दीप प्रज्वलन गर्दै कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष जैवी चाम्लिङ राईको शुभकामना मन्तव्य गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष प्रेम चलाउनेले विभिन्न चरण गरि ८८ जनालाई खाद्यान्न, ७ जनालाई हवाई टिकट लगायतका विविध विवरणहरु पेश गरेका थिए ।
भेलामा संघमा कुल ४ लाख ७५ हजार ८ सय १५ रियाल बचत रहेको आयव्यय विवरण कोषाध्यक्ष विनोद बस्यालले पेश गरेका थिए भने विभिन्न राष्ट्रिय पर्वहरू एकसाथ मनाइएको, कतार च्यारीटीबाट नेपाली समुदायको लागि प्राप्त स्यानिटाइजर २० हजार ४ सय बोतल, ८१० प्याकेट ईफ्तारी (खाना) वितरण गरिएको विवरण संघ संस्था विभाग संयोजक जैवी चाम्लिङ राईले पेस गरेका थिए । एक वर्षको कार्यप्रगति विवरण पेशसहित कार्यक्रमको सहजीकरण महासचिव पदम गिरीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले बोल्दै आफु कतारमा रहेका सम्पूर्ण नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता सहित आएको भन्दै कतार स्थित नेपालीहरुको अभिभावक ग्रहण गर्ने दूतावास तथा एनआरएनए सँग पनि सबै संघ सँस्थाले समन्वय गर्नुपर्नेमा जोड दिए ।ढकालले कतारमा वर्ल्डकप नजिकिएको हुँदा नेपाल र नेपालीले कतारलाई सक्दो सहयोग गर्नु पर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । कार्यक्रममा आईसीसी उपाध्यक्षहरु आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी,आईसीसी सचिव प्रवीण गुरुंग,मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठ’गोर्खाली’ लगायत कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुखहरुले एनआरएन कतारको परिषद भेलाको सफलताको शुभकामना ब्यक्त गरे । उनिहरुले एनआरएनए कतारले बिगतका दिनहरुमा जस्तै कतारमा रहेका नेपालीहरुको अभिभावक बनेर नेपालीहरुका लागी थप कार्यहरु गर्दै अगाडी बढन आग्रह गरे ।

कार्यक्रममा सहभागी भएकोमा कार्यक्रमको प्रमुख अतिथि नेपाली दुताबास कतारको राजदूत डा. नरेश बिक्रम ढकाल , दित्तिय सचिव प्रबीन भट्टराई, आईसीसी उपाध्यक्षहरु आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी,आईसीसी सचिव प्रवीण गुरुंग,मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठ’गोर्खाली’ लगायत कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुखहरु, पत्रकार एवम परिषद सदस्यहरुलाई अध्यक्ष मुक्तदाले हार्दिक आभार ब्यक्त गरे । कार्यक्रममा साथ सहयोग गर्ने प्रती आभार सहित धन्यवाद व्यक्त गर्दै अध्यक्ष मुक्तदाले कार्यक्रम समापन गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस