Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए कतारको परिषद भेलाको लागी आरसी मनोज गोर्खाली कतारमा,गोर्खालीलाई कतारमा भव्य स्वागत

एनआरएनए कतारको परिषद भेलाको लागी आरसी मनोज गोर्खाली कतारमा,गोर्खालीलाई कतारमा भव्य स्वागत


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१ – २०२३ कार्यकालको दोस्रो परिषद भेलालाई सम्बोधन गर्न गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली विहिवार कतार आईपुगेका छन।

यूएईका स्थापित सफल समाजसेवीका रूपमा रहेका संयोजक गोर्खालीलाई एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा दोहा स्थित हमाद अन्तराष्ट्रीय विमानस्थलमा भव्य स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका यूवा उपाध्यक्ष राज रेग्मी, आइसीसी सचिव प्रवीण गुरुङ, मध्यपूर्व उप संयोजक के वि हमाल, गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका निर्वाचन समिति सदस्य तथा मानार्थ आईसीसी सदस्य विमल सुवेदी, पूर्व मानार्थ आइसीसी सदस्य शनी कुमार वली, आईसीसी सदस्य नरेश श्रेष्ठ, कुमार खड़का लगायतको संयोजक गोर्खालीको स्वागतार्थ उपस्थिति रहेको थियो। त्यस्तै संयोजक गोर्खालीलाई एनसीसी कतारका प्रमुख सल्लाकार उत्तम गुरुङ, द्दितिय उपाध्यक्ष प्रेम चलाउने, महासचिव पदम गिरी, सचिव दिपजंग शाह ठकुरी, सदस्य नारायण प्रसाद ढुगाना, लेखा समिति सदस्य गणेश भट्ट,प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी ग़ैरे, नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, नेपाली जनसम्पर्क समिति कतारका सचिवालय सदस्य कमल आर्याल लगायतले समेत विमान स्थलमा उपस्थित भई भव्य स्वागत गरेका थिए।

संयोजक गोर्खालीले संचारकर्मीहरू सँग संक्षिप्त प्रतिक्रिया दिदै कतारमा रहेका श्रमिक समस्या, अवसर र चुनौतिहरूलाई मध्यनजर गर्दै एनसीसी कतार सँग विशेष छलफल योजना तय गर्ने बताएका छन । गोर्खालीले कतारमा रहेका सबै एनआरएनए अभियन्ताहरु सँग भेटी आगामी मध्यपुर्वका कार्ययोजनाका बारेमा छलफल गर्ने बताए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस