Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए कतारको परिषद भेलालाई सम्बोधन गर्न आईपुगे मध्यपूर्व संयोजक गोर्खाली, एयरपोर्टमा गरियो भव्य स्वागत (तस्वीर सहित)

एनआरएनए कतारको परिषद भेलालाई सम्बोधन गर्न आईपुगे मध्यपूर्व संयोजक गोर्खाली, एयरपोर्टमा गरियो भव्य स्वागत (तस्वीर सहित)


दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१ – २०२३ कार्यकालको दोस्रो परिषद भेलालाई सम्बोधन गर्न गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली आज कतार आईपुगेका छन।

यूएईका स्थापित सफल व्यवसायीका रूपमा रहेका संयोजक गोर्खालीलाई एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको नेतृत्वमा दोहा स्थित हमाद अन्तराष्ट्रीय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका यूवा उपाध्यक्ष राज रेग्मी, आइसीसी सचिव प्रवीण गुरुङ, मध्यपूर्व उपसंयोजक के वि हमाल, गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका निर्वाचन समिति सदस्य तथा पूर्व मानार्थ आईसीसी सदस्य विमल सुवेदी, पूर्व मानार्थ आइसीसी सदस्य शन्नी कुमार वली, आईसीसी सदस्य नरेश श्रेष्ठ, कुमार खड़का लगायतको संयोजक गोर्खालीको स्वागतार्थ उपस्थिति रहेको थियो।

त्यस्तै संयोजक गोर्खालीलाई एनसीसी कतारका प्रमुख सल्लाकार उत्तम गुरुङ, द्दितिय उपाध्यक्ष प्रेम चलाउने, महासचिव पदम गिरी, सचिव दिपजंग शाह ठकुरी, सदस्य नारायण प्रसाद ढुंगाना, लेखा समिति सदस्य गणेश भट्ट, नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी ग़ैरे, नेपाली जनसम्पर्क समिति कतारका सचिवालय सदस्य कमल आर्याल लगायले समेत विमान स्थलमा उपस्थित भई भव्य स्वागत गरेका थिए।

संयोजक गोर्खालीले संचारकर्मीहरू संग संक्षिप्त प्रतिक्रिया दिदै कतारमा रहेका श्रमिक समस्या, अवसर र चुनौतिहरूलाई मध्यंजर गर्दै एनसीसी कतारसंग विशेष छलफल गर्ने योजना तय गरेको बताएका छन।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #Breakig, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस