Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएन एसिया प्याशिफिक क्षेत्रीय सम्मेलन अगस्ट २६ देखि सुरु हुने

एनआरएन एसिया प्याशिफिक क्षेत्रीय सम्मेलन अगस्ट २६ देखि सुरु हुने


गैरआवासीय नेपाली संघ एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तीव्र पारिएको छ ।

अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले एक पत्रकार सम्मेलन गरेर जनाएका छन । संघको तर्फबाट एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसिया प्याशिफिक क्षेत्रीय संयोजक पारसमणि पोखरेल र डिपी कंडेललेले कार्यक्रमको तयारीका बारेमा जानकारी गराएका थिए ।

क्षेत्रीय संयोजक डिपी कंडेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिदै कार्यक्रममा उपस्थित हुन बिश्वमा रहेका गैर आवासीय नेपालीलाई अनुरोध गरे । कार्यक्रममा सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजक क्षेत्रीय संयोजक पोखरेलले बताए । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनर र क्रूजको व्यवस्था हुने उनले बताए ।

होटलको सहभागी आफैले तिर्नूपर्छ उनले भने । मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघका क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने पोखरेलले बताए । ‘नेपाली माटोसँग कसरी जोड्ने भन्ने योजना छ पोखरेलले भने सम्मेलनले दोस्रो पुस्ता नेपालमा जोड्न सघाउ पुग्ने छ ।

 

नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने उनले बताए । क्षेत्रीय संयोजक पोखरेलले उक्त कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने दावी गरे । उनले कार्यक्रममा संघका पुर्व अध्यक्ष एबं निबर्तमान प्रमुख संरक्षक शेष घलेलाई आफैले निम्ता गरेको, एनआरएनएका बर्तमान अध्यक्षहरु र सबै अभियन्ताहरुलाई बोलाएकाले सबैको जमघट हुने र त्यहीको कार्यक्रमबाट मिलाप भएर सबै फर्कने समेत दावी गरे । पोखरेलले संस्था एकता भएमात्रै उक्त मिलाप कार्यक्रम सफल हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गरे । उनले गैर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकोमा सरकारलाई धन्यवाद ब्यक्त गरे । आचार्यले संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको एशिया प्याशिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताए । उक्त कार्यक्रममा अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए ।

संघकी अध्यक्ष रविना थापाले क्षेत्रीय सम्मेलनको सफलताको शुभकामना दिदै सम्मेलनको लागि आवश्य सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाइन् । एसिया प्यासिफिक सम्मेलनमा श्रममन्त्री शेर बहादुर कुँवर, नेपाली कांग्रेसका महामंत्री गगन थापा,एमाले सांसद सुर्य पाठक,व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु, पूर्व अध्यक्ष, नेपाल सरकारका उच्चअधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनको संचालन एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदिप न्यौपानेले गरेका थिए भने एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनको तयारीको बारेमा आफ्ना भनाईहरु राखेका थिए । बस्नेतले यो सम्मेलन अहिलेसम्मका सम्मेलनहरुमध्य उत्कृस्ट हुने दावी गरे । उनले कार्यक्रमको तयारी तीब्र गतिमा भएको बताए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष हेम राज शर्मा,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यासमिन बेगम, सचिव डा खगेन्द्र न्यौपाने, मध्यपुर्व संयोजक मनोज गोर्खाली,क्षेत्रीय उपसंयोजकहरु दधिवाल खडका,हरी भट्टराई लगायतको उपस्थिती थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #एनआरएन एसिया प्याशिफिक क्षेत्रीय सम्मेलन

तपाईको प्रतिक्रिया दिनुहोस