गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै दीप संञ्चार साउन १२, २०७९ गते ११:२५ मा प्रकाशित “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस युएईमा पनि नेपाल आदिवासी जनजाती महासंघ युएईले नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आगामी १४ अगष्टका दिन विविध कार्यक्रमका साथ बर दुवई स्थित क्लव एभरेस्टमा मनाउने भएको छ ।कार्यक्रममा विभिन्न जातिका मौलिक सांस्कृतिक झाकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति साथै कार्यक्रममा आआफ्नो समाजमा योगदान पुर्याउने महासंघमा आवद्ध जातिय समाजको सिफारिसमा हरेक समाज बाट एक जना महिला र एक जना पुरुषलाई सम्मान गरिने छ ।बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने महासंघकि अध्यक्ष विजय लक्ष्मी राईले बताईन ।प्रवासी कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए ।सोही कार्यक्रममा कोभिड-१९ विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धारका निम्ति स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले जानकारि दिए ।विश्व आदिवासी दिवस ९ अगष्टमा मनाईने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड – १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रीय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #आदिवासी जनजाति महासंघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न