Techie IT
×
गृहपृष्ठग्लोबलगैरआवासीय नेपाली संघको ७ औं बैठक सम्पन्न, ५ जना परिषद सदस्यहरु मनोनित

गैरआवासीय नेपाली संघको ७ औं बैठक सम्पन्न, ५ जना परिषद सदस्यहरु मनोनित


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७ औं बैठक जुलाई १६, २०२२ शनिबार नेपाली समय साँझ ५:०० बजे संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बस्यो। बैठकले पूर्वनिर्धारित विभिन्न एजेण्डाहरुबारे निर्णय गरेको छ।

त्यसबाट उब्जिएका केहि बिषयमा थप कार्य सम्पादन र पूर्व तयारी गर्नुपर्ने भएकोले संघका बदाधिकारीहरुको बैठक जुलाई २३, २०२२ शनिबार साँझ ५:०० बजे नेपाली समय बस्यो। दुवै बैठकले महत्वपूर्व निर्णयहरु गरेको छ।

निर्णयहरु:

१.जुम र्याली:
बैठकले आगामी जुलाई ३०, २०२२ मा संघको गतिबिधि र केहि बिषयमा जानकारी दिनको लागि जुम र्याली गर्ने निर्णय गरेको छ। आधिकारिक फेसबुक पेजमा लाइभ गरिने जुम र्यालीमा संघका सबैलाई स्वागत गरिएको छ। यसको तयारीको लागि उपाध्यक्ष थर्क सेनले संयोजन गर्ने निर्णय गरिएको छ। कार्यक्रमका प्रमुख बक्ताहरुमा निवर्तमान प्रमुख संरक्षक शेष घले, निवर्तमान संरक्षक देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, संघका अध्यक्ष बिनोद कुँवर, पूर्वगोर्खाहरुक बिषयमा बिज्ञ लगायत रहनु हुनेछ।

२. बार्षिक साधारण सभा:
अगष्ट २०२२ मा संघको बार्षिक साधारण सभा काठमाण्डौमा गर्ने निर्णय गरिएको छ। सभाको आयोजनाको लागि उपाध्यक्ष सुरेन्द्र सिग्देलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिमा पदाधिकारी, एनसीसी प्रतिनिधि लगायत रहनु हुनेछ।

३. परिषद सदस्यहरुको मनोनयन :
संघको अन्तराष्ट्रिय परिषद सदस्यमा मनोनित गरिने २१ जना सदस्यमा पहिला गरिएका १३ र यो पटक ५ जना थप मनोनित गरियो। यो पटक मनोनित गरिएका सदस्यहरुमा सरिता चिलुवाल पोखरिया-कतार, मन्दिप के सी-युके, जीवन कार्की-ओमान, रोमा अधिकारी-यूयेइ र एनबी टनडन-क्यानडा रहनु भएको छ।

४. अन्तराष्ट्रिय परिषदका मानार्थ सदस्यहरुको मनोनयन :
अन्तराष्ट्रिय परिषदका मानार्थ सदस्यहरु ५१ जना मनोनित गर्ने बैधानिक ब्यबस्था अनुसार पहिलो पटक ६ जना मनोनित गरियो। त्यसमा सोनाम लामा (शेर्पा)-बेल्जियम, रामजी लामिछाने-चिली, रामचन्द्र पन्थ-कतार, राजेन्द्र खकुराल-युके र डा. अग्नि राज कोइराला-दक्षिण कोरिया रहनु भएको छ।

५. गैरआवासीय नेपालीहरुको श्रमिक कल्याणकारी ब्यबस्था
मध्येपूर्व र एशियाका केहि देशमा रहेका नेपाली श्रमिकहरुको समस्याको समाधान र सहजीकारणको लागि संघका सल्लाहकार तथा कार्यदलका संयोजक धरम के सीद्वारा प्रस्ताव गरिएको परियोजना पारित गरियो। त्यसका आवश्यक पर्ने एकजना कानुन बिज्ञ पनि नियुक्ति गरिएको छ।यस बाहेको थुप्रै आन्तरिक निर्णयहरु गरिएका छन्।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #गैरआवासीय नेपाली संघ

तपाईको प्रतिक्रिया दिनुहोस