गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीवीच भेटवार्ता एनआरएनए पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीवीच भेटवार्ता दीप संञ्चार साउन ३, २०७९ गते २१:३३ मा प्रकाशित गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा.बद्रि केसिलगायतका पदाधिकारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरवहादुर कुँवरसंग उनीको कार्यालयमा गई भेटघाट गरे ।सर्वप्रथम त अध्यक्षहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटघाटका क्रममा पदाधिकारीहरुले संघले नेपाल सरकार र सरोकारवालाहरुको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भईरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरु बारे ध्यानाकर्षण समेत गराए ।संघले कोभिड–१९ बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत कार्यक्रमहरुका बारेमा उजागर गरे । त्यसै गरि, वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनु परेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाईरहेकोमा उक्त बिमाको रकमलाई कम्ति ५० लाख बनाउनको नीति ल्याउन सुझाव दिनुका साथै वैदिशक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्वको लगानी बारेमा पनि जानकारी गराए । साथै उनहरुले थाईल्याण्डमा आयोजना हुन लागेको ९ औं एशिया क्षेत्र भेलामा प्रमुख आतिथ्यताको लागि अनुरोध गर्दै निमन्त्रणा पत्र माननीय मन्त्रीलाई दिए ।यसरी नै मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरु प्रति धन्यवाद प्रकट गरे । साथै, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा संघले वैदेशिक रोजगारको क्षेत्रमा मिलेर काम गर्न सक्ने भएको उदृत गर्दै माननीय मन्त्रीले संघले वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेमा पूर्ण समय दिने प्रतिबद्धता जाहेर गरे ।सोहि कार्यक्रममा सामाजिक सुरक्षा कोषसंग भएका कामलाई संस्थागत गर्न संघ र सामाजिक सुरक्षा कोष बीच सम्झौता पनि गर्ने निर्णय भयो । अन्यत्यमा उनले एशिया प्रशान्त क्षेत्रको भेलामा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गरे । भेटघाटमा संघका तर्फबाट उपाध्यक्षद्वय आर। के। शर्मा र नरेन्द्र भाट, युरोप क्षेत्रीय संयोजक चिन्ता मणि सापकोटा, युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्ले तथा सचिवालयका अधिकृत कुनाल मिश्राको सहभागिता रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने