Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनएका प्रतिनिधीको शीर्ष नेताहरुसँग भेटघाट तीब्र, नागरिकता विधेयकमा एनआरएनएका विषयमा लबिङ

एनआरएनएका प्रतिनिधीको शीर्ष नेताहरुसँग भेटघाट तीब्र, नागरिकता विधेयकमा एनआरएनएका विषयमा लबिङ


 

एनआरएनएका प्रतिनिधीको शीर्ष नेताहरुसँग भेटघाट तीब्र, नागरिकता विधेयकमा एनआरएनएका विषयमा लबिङ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पतिनिधहिरुले सरकारले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक दर्ता गरेपछि लबिङ तीब्र बनाएका छन् ।

गैर आवासीय नेपालीहरुले नेपालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै नागरिकता विधेयकका विषमा लबिङ तीब्र बनाएका हुन् ।

संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक र प्रशासनीक अधिकारबाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने ब्यवस्था छ ।

सोही ब्यवस्था बमोजीम संसदमा विधेयक दर्ता भएको छ । सरकारले संशोधनसहितको विधेयक दर्ता गरेपछि गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुले संविधानमा भएको अधिकार सुनीश्चित गर्न दबाब सिर्जना गरेका हुन ।

एनआरएनए प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग उनको निवास खुमलटारमा बुधबार भेटघाट गरेको छ। उक्त अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे। उनीहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न आग्रह गरे ।

जवाफममा अध्यक्ष प्रचण्डले संविधानमा गैर आवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ, त्यही अनुरुप विधेयक आउने जानकारी गराए । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरुलाई पूर्ण सहयोग रहने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैर आवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

त्यसैक्रममा एनआरएनए प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग भेटघाट गरेको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधि सभाले नै गर्ने बताए। उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी गराए। उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी, उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

त्यस्तै, एनआरएनए प्रतिनिधि मण्डलले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङसंग भेटघाट गरेको छ। भेटमा एनआरएन पदाधिकारीहरुले गैर आवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्था देखी यहाँ संलग्न रहेको र अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैर आवासीय नेपालीको अधिकारलाई संबोधन गर्न यहाँको महत्वपूर्ण भूमिका रहने बताएका थिए । संविधान सभाका अध्यक्ष नेम्वाङले संविधानमा ब्यवस्ता भएको अधिकारलाई यस ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेको र चाँडै पास गर्ने जानकारी दिए ।

उता टोलीले बुधबारै गृहसचिव टेक नारायण पाण्डे संग पनि भेटघाट गरेको छ । सचिव पाण्डेले संशोधित ऐनबारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शीर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस