Techie IT
×
गृहपृष्ठग्लोबलब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत

ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत


धुलिखेलका नगर पालिकाबाट नगर प्रमुख (मेयर)मा २ पटक बिजेता बनेका प्रभावशाली नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत गरेका छन् ।

दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको वैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबि निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता बिषयमा उपलब्धि हासिल गरेकोमा बिश्वका १६३ देशका प्रतिनिधि बीच नेपालको प्रतिनिधित्व गर्दै यस्ता कार्यकममा नेपालको पहिलो शहर भएकोमा गर्व गर्दै हर्ष व्यक्त गरेका छन् ।

नगर प्रमुख ब्यान्जुले आफ्नो मन्तब्य राखे पछि सामाजिक संजालमा आफ्ना छोटा भनाईको साथै तस्बिरहरु पनि प्रकाशन गरेका छन् । उनले आफू धुलिखेलवासी हुनुमा गर्व भएको भन्दै बिगत ५ बर्षको अवधिमा दिगो बिकाश लक्ष्य९एसडिजी (गोल ०सहितमा गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपाल देशकै प्रतिनिधित्व गर्दै दिगो बिकाशको ४ लक्ष्य पुरा गरेकोमा प्रस्तुति दिन उनि न्यूयोर्क आएका हुन् ।

उनले राष्ट्र संघले दिएको अवसरलाई अकल्पनीय मौका प्राप्त भएकोमा खुसि व्यक्त गरेका छन् । उनले सामाजिक संजाल मार्फत हाम्रो धुलिखेललाई बिश्व मंचमा चिनाउने यो जतिको मौका कहिले हुनेछैन । र ,आफूले यस्तो मौकाको पुरा सदुपयोग गर्ने बताएका थिए ।

साथै उनले यो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया र बिकाशमा जनताहरुकै सहयोगले गर्दा भनि कृतज्ञता व्यक्त गरेका छन् । उनले मौका दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिएका छन्


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #ब्यान्जु श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस