गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मलेसिया आएका पत्रकारसँग नेपाली दूतावासमा छलफल, श्रमिकका समस्या समाधान गर्न दूतावास अग्रसर मलेसिया आएका पत्रकारसँग नेपाली दूतावासमा छलफल, श्रमिकका समस्या समाधान गर्न दूतावास अग्रसर दीप संञ्चार असार १४, २०७९ गते १९:३६ मा प्रकाशित मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग नेपाली पत्रकार टोलीले भेटबार्ता एबं अन्तरक्रिया कार्यक्रम गरेको छ।नेपालीहरुको श्रमको अवस्था बारे स्थलगत रिपोटिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसायिक विषयमाछलफल भएको थियो। छलफलमा कार्यबाहक राजदुत श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा जानकारी गराएका थिए । छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो। त्यसैगरी छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमीकहरुका समस्या बारेमा पनि छलफल भएको थियो।अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए।कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले कोरोनाकाल पछि मात्र १७२८ डिमाण्डमार्फत ७० हजार नेपाली कामदारको मागपत्र निस्केको बताए।कार्यक्रममा दुतावासका लेबर काउन्सीलर दिपक ढकाल, श्रम सहचारी प्रकास पन्थी, दितीय सचिव प्रेम बहादुर थापा, यसु बस्नेत लगाएतका पदाधिकारीको सहभागिता रहेको थियो। कार्यक्रममा श्रमिक समस्या बारे दिपक ढकालले जानकारी गराएका थिए भने मलेसियामा रहेका विभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन ।दुतावासको तथ्याक अनुसार अहिले मलेसियामा २ लाख भन्दा बढी श्रमीक कार्यरत रहेका छन । मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमीक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागी जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, साझा सबाल डटकमका प्रधान संपादक अनिल अधिकारी, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #मलेसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल