रोटरी कल्ब अफ न्यूयोर्क क्विन्समा नयाँ कार्यकारी समिति गठन,अध्यक्षमा गुरु दत्त पराजुली निर्वाचित
न्यूयोर्कमा रोटरी कल्ब अफ न्यूयोर्क क्विन्समा नयाँ कार्यकारी समिति गठन भएको छ भने अध्यक्षमा गुरु दत्त पराजुली निर्वाचित भएका छन् । न्यूयोर्क शहरमा भएको पदस्थापन समारोहमा २०२२-२०२४ का लागि सबै नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।
नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेता पनि अगाडी जुलाई १ देखि आफ्नो पदभारको साथै कार्य संचालन गर्नेछन ।
समारोहमा चमेली खाती परियारले स्वागत मन्तब्य दिएकी थिइन् भने बाहिर जादै गरेका अध्यक्षले अन्तिम मन्तब्य दिएका थिए ।
त्यसै गरि न्यूयोर्क जिल्ला ७२५५ की अध्यक्ष सोनिया सलाहले अध्यक्षलाई सपथ ग्रहण गराएकी थिइन् ।
समारोहमा नवनिर्वाचित अध्यक्ष गुरु पराजुलीले मन्तब्य राख्नुको साथै समितिका सदस्यहरुको परिचय गराएका थिए । साथै केही सामाजिक अभियन्ताहरुले समेत मन्तब्य राखेका थिए । धन्यबाद ज्ञापन हंश राज जोशीले गरेका थिए ।
नयाँ कार्यकारी समितिमा निर्वाचित हुनेहरुमा अध्यक्षमा गुरु दत्त पराजुली,निर्वाचित अध्यक्षमा (द्वय हंश राज जोशी तथा बिकाश पाण्डे ,कार्यकारी सचिवमा दामोदर घिमिरे ,सचिवमा डा शंकर बिशुङ्के (विद्या वारिधि),कोषाध्यक्षमा गोपी ढुंगाना रहेका छन् ।
यसैगरी सदस्य सभापतिमा ध्रुव कुमार क्षेत्री,सर्ज अफ आर्ममा पुरुषोत्तम खड्गी चयन भएका छन् ।
त्यस्तै संचालक समिति सदस्यहरुमा क्रमस अर्बिन पौडेल,इन्दिरा घर्ति,शोभा कान्त पाण्डे,चमेली खाती दर्जी ,दुकार टाशी ,मंजु बिष्ट तथा सुकु राई रहेका छन् ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस