Techie IT
×
गृहपृष्ठग्लोबलगल्फस्याङ्जा सहयोग समाज कतारको अध्यक्षमा प्रकाश परियार

स्याङ्जा सहयोग समाज कतारको अध्यक्षमा प्रकाश परियार


स्याङ्जा सहयोग समाज कतारको आठौं अधिबेशन बाट अध्यक्षमा सर्वसहमतीय आधारमा अध्यक्ष पदमा प्रकाश परियार निर्वाचित भएका छन ।

दोहा नज्मा स्थित शालिमार होटलको सभाहलमा कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक व्याक्तित्व, जिल्लावासी, कलाकार, खेलाडी तथा पत्रकार लगायतको बाक्लो उपस्थितिको बीच १७ औं वार्षिक उत्सव तथा समाजको आठौं अधिबेशन बाट अध्यक्षमा परियार निर्वाचित भएका हुन ।

संस्थाका प्रथम उपाध्यक्ष घनश्याम अर्यालले स्वागत मन्तव्य राख्दै सुचारु गरिएको कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारको पहिलो प्रकाशन  (स्याङ्जा दर्पण) पुस्तकको उपस्थिति हरुबाट विमोचन गरिएको थियो भने १७ औं वार्षिक उत्सवको अवसरमा केक समेत काटिएको थियो ।

 

वैदेशिक रोजगारीको सिलसिलामा जिल्लाका बिभिन्न ठाउँबाट कतार आएका स्याङ्गजालीहरु द्वारा सन स् २००५ मा स्थापना गरिएको समाजको आठौं अधिबेशनमा प्रमुख अतिथिको मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बोल्दै स्याङ्जा सहयोग समाज कतार, अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए ।

समाजले कतारमा गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्यमा उदाहरणीय रहेको बताए । प्रगति तथा आर्थिक प्रतिबेदनमा उल्लेखनीय कार्यहरु गरिरहेको आफुले पाएको बताएपनि (कोभीड- १९ ) को समयमा आफ्नो ज्यानको बाजि थापी (एनआरएनए) कतार सङ्ग समन्वय गर्दै नेपाली समुदायमा खाद्यान्न लगायतका सामग्री बितरण कार्यहरु प्रगति प्रतिबेदनमा कमि समेटिएको आफुले महसुस गरेको मुक्तदाले बताए । ‘नेपाली टिकटक समाज कतार ‘ गठन गर्नुको उदेश्य र स्याङ्जा दर्पण पुस्तकको बारेमा चर्चा गर्दै मुक्तदाले नयाँ आउने कार्यसमिति लाई बधाई सहित शुभकामना प्रकट गरे ।

संस्थाका गौरवमय इतिहास समेटिएको (स्याङ्जा दर्पण) पुस्तकका प्रधान सम्पादक अजिज अलिले पुस्तकको बारेमा उपस्थिति सम्पुर्णमा प्रष्ट पारेका थिए । संस्थाले स्थापनाकाल देखीनै जिल्ला बासीमा मात्र सिमित नभइ सम्पुर्ण नेपाली हरुको लागी सामाजिक,आर्थिक तथा नैतिक पक्षमा काम गर्दै आइरहेको र ती सबै गतिविधि पुस्तकमा समेटिएको बताउदै संस्थाका गौरवमय इतिहास बोकेको पुस्तक प्रकाशन गर्ने सम्पुर्ण टिम प्रती धन्यवाद व्यक्त गरे ।

प्रदेश नम्बर एक बाट निरन नेपाल, मदेश बाट मो. साकिर अलि, लुम्बिनी बाट टेकराज थापा, गण्डकी बाट राकेश श्रेष्ठ, जनजाती महासंघ कतार बाट भाइकाजी गुरुङ, स्याङ्जा सहयोग समाज आइसिसि सल्लाहकार सरिता भन्डारी पौडेल, संघीय लिम्बुवान बाट रेखा राइ, नेपाली समाज कतार बाट मनिस यादव,पत्रकार महासंघ कतार बाट तिलु सर्मा पौडेल, प्रवासी नेपाली एकता मञ्च बाट राम हरि गैरे, जनप्रगतिशील मञ्च बाट राज देवकोटा ,जनसम्पर्क समिति कतार बाट ठाकुर कुमार परियार , प्रवासी नेपाली मञ्च बाट चानख पोख्रेल लगायतले बोल्दै स्याङ्जा सहयोग समाज कतारले गरेका कार्यहरु निकै उत्कृष्ट रहेको बताउदै नयाँ बन्ने कार्यसमितिलाई लाई बधाई सहित शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा संस्थाको २ बर्षको प्रगति एवं आर्थिक प्रतिवेदन पेश गर्दे महासचीव शिवराम ढकालले स्याङ्जा सहयोग समाज कतारले विभिन्न आर्थिक, सामाजिक तथा रचनात्मक कार्यक्रमहरु गरिरहेको बताए । संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै हालसम्म १७ हजार ५ सय ६५ रियल बचत रहेको प्रगति प्रतिबेदन सार्बजनिक गरेका थिए ।

संस्थालाई पुर्याएको योगदानको उचित कदर गर्दै विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानित समेत गरिएको थियो । कार्यक्रमलाई मनोरञ्जन दिनको लागि अन्जिता पौडेलले (गैरी खेतमा) बोलको गीतमा साङ्गितिक प्रस्तुति पस्किएकी थिइन ।

संस्थाका अध्यक्ष तथा सभापति अजमत अलिले कार्यक्रमको समापन गर्दै समाज कतारले गरेका विभिन्न कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउदै निमन्त्रणालाई स्विकारेर कार्यक्रममा पाल्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव शिवराम ढकाल र ढाकाराम पौडेल (अर्जुन)ले गरेका थिए ।

स्याङ्जा सहयोग समाज कतारको नयाँ कार्यसमिति
अध्यक्ष-प्रकाश परियार
वरिष्ठ उपाध्यक्ष- घनश्याम अर्याल(जैसी)
प्रथम उपाध्यक्ष-सूर्य अर्याल
दित्तिय उपाध्यक्ष-दिवानसिंङ सिंजाली मगर
महिला उपाध्यक्ष- टौमाया गुरुङ
महासचिव-टेक बहादुर नेपाली ग़ैर्हे
सचिव- ढाकाराम पौडेल ९अर्जुन०
कोषाध्यक्ष-शेख नज़र मियाँ
सदस्यहरू
पूर्णबहादुर नेपाली
अम्बिका पौडेल
अली हुसैन
रोशन अर्याल
ठाकुर ग़ैर्हे रहेका छ्न ।


क्याटेगोरी : ग्लोबल, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस