गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित दीप संञ्चार असार ४, २०७९ गते २१:३० मा प्रकाशित दोहा- कतार कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ ।फ्रान्सको पेरिसमा भएको प्यासेन्जर टर्मिनल एक्सपोमा आयोजित २०२२ वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको हो ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल २०२१ मा पनि विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको थियो। वार्षिक ग्लोबल एयरपोर्ट ग्राहक सन्तुष्टि सर्वेक्षणमा ग्राहकहरूले मतदान गरेका ५ सय ५० भन्दा बढी एयरपोर्टमा ग्राहक सेवा र सुविधाहरूको मूल्याङ्कन गर्दै हमाद विमानस्थललाई विश्वकै उत्कृष्ट विमानस्थल घोषित गरिएको हो । त्यस्तै सिंगापुर चाङ्गी एयरपोर्ट, विश्वको उत्कृष्ट एयरपोर्ट स्टाफ सर्भिस र विश्वको उत्कृष्ट एयरपोर्ट डाइनिङ घोषित भएको छ ।टर्कीको इस्तानबुल एयरपोर्टले विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र सबैभन्दा परिवारमैत्री एयरपोर्टको रूपमा अवार्ड जितेको छ । जापानको टोकियो हानेदा एयरपोर्टले विश्वको सफा विमानस्थल, विश्वको उत्कृष्ट आन्तरिक विमानस्थल, एसियाको उत्कृष्ट विमानस्थल पहुँचयोग्य सुविधाहरूको अवार्ड जितेको छ। यस्तै साउदी अरेबियाको रियाद स्थित किंग खालि अन्तर्राष्ट्रिय विमानस्थलले विश्वको सबैभन्दा सुधारिएको विमानस्थलको अवार्ड प्राप्त गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार, #हमाद अन्तर्राष्ट्रिय विमानस्थल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल