Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसर्लाही प्रवासी सेवा समाज कतारको दशौ अधिवेशन सप्पन्न

सर्लाही प्रवासी सेवा समाज कतारको दशौ अधिवेशन सप्पन्न


नयाँ नेतृत्वमा मगर रामएकवाल राम दोहा जुन १७- सर्लाही प्रवासी सेवा समाज कतारको दशौ अधिवेशन सप्पन्न भएको छ।

अहिलेको आवस्यकता, सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना गरिएको समाज कतारको शुक्रबार ग्रील कराची रेस्टुरेन्टमा सप्पन्न दशौ अधिवेशनबाट प्रकाश आले मगरको अध्यक्षता नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन।

समाज कतारको पुर्व अध्यक्ष कुमार न्यौपानेको सभापतित्व, गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको प्रमुख , प्रतिनिधिहरुको विशिष्ट आतिथ्य एव कलाकार पत्रकारहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसलमानले सर्लाही प्रवासी सेवा समाज कतारको बन्ने नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिदै बिदा भएको थियो। कार्यक्रममा समाज सेवी मनिष यादव, मधेस प्रदेश समन्वय परिषद कतारको अध्यक्ष नियाज शेख परियार मित्रता समाज कतारको अध्यक्ष शालिक राम परियार महोत्तरी सेवा समाज नेपाली मुश्लिम सेवा समाज नेपाली समाज कतार धानुक सेवा समाज कतार धनुषा सेवा समाज कतार दलित एकता समाज कतार,नेपाली आदिवासी जनजाति महासङ्घ कतार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुके आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा समाजका महासचिव श्री सुजन बरालले एक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।समाजाका प्रथम उपाध्यक्ष प्रकाश आले मगरले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम महासचिव सुजन बरालको सहजीकरण तथा नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

कार्यक्रमलाई सम्मापन गर्दै सभापति न्यौपानेले उपस्थित सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका सम्पूर्ण सहयोगी दाताहरुमा धन्यवाद व्यक्त गरेका थिए।

नयाँ कार्यसमिति अध्यक्ष -प्रकाश आले मगर

बरिस्ठ उपाध्यक्ष -बिमल परियार

द्वितीयत उपाध्यक्ष -कलाम हुसेन खान

महासचिव – नयन थापा मगर

सचीव -यज्ञ बहादुर श्रेष्ठ

कोषअध्यक्ष -बाबुराम थापा

सह कोषअध्यक्ष -कृष्ण जर्गा मगर

सदस्य -राम गुप्ता

सदस्य -मेघराज मगर

सदस्य -प्रेम बहादुर पासवान

सदस्य -गिरिराज घिमिरे

सदस्य-मदन दास कठबानिया

सदस्य-आकश श्रेष्ठ

सदस्य -पदम तामाङ

सदस्य -किशन ठाकुर

सदस्य -सत्रुधन पासवान

सदस्य -टम बहादुर राना

सदस्य -राम बहादुर आले

सदस्य- अजय दास

सदस्य -माधब सिग्देल

महिला सदस्य-बिना क्षेत्री

महिला सदस्य -पुजा राइ तामाङ

महिला सदस्य -शिला लामा


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #सर्लाही प्रवासी सेवा समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस