Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनएसँग सहकार्यमा एसी शेर्पाको योजना : १० बर्षमा १० लाख नेपाली बच्चा नेपाल टुरमा

एनआरएनएसँग सहकार्यमा एसी शेर्पाको योजना : १० बर्षमा १० लाख नेपाली बच्चा नेपाल टुरमा


नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको कार्यालयको योजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको साझेदारीमा १० बर्षमा १० लाख नेपाली मुलका बच्चाहरु नेपाल टुरमा लैजाने योजनाको सुरुवात गरिएको छ।

मार्च २२(२५ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा भएको एनआरएनएको १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवरको उपस्थितमा जुन १३, २०२२ मा भएको अमेरिकाज क्षेत्रको बैठकमा महाबाणिज्यदूत शेर्पाले सो जानकारी दिनुभएको हो। बैठक पछि महावाणिज्यदूत शेर्पाले योजनाबारे बिस्तृत रुपमा जानकरी दिनुभएको हो।

एनआरएनएको टुरिजम कमिटी २०२१/२०२३ का चेयर समेत रहनु भएका महावाणिज्यदूत शेर्पाले यस्तो योजना २०१५ मा पनि गर्नुभएको थियो। तरपनि सुरु गर्न नसकिएको यो अभियान यो बर्ष २०२२ बाट सुरुगरिएको छ। यो अभियान एनआरएनएसँगको सहकार्यमा नेपाल सरकारको पर्यटन बोर्ड, नेपाली राजदूताबास वासिंगटन डिसी, अमेरिकी राजदूताबास काठमाण्डौ समेतको सहयोग र सपोर्टमा हुने जानकारी महावाणिज्यदूत शेर्पाले दिनुभयो।

नेपाल सरकारको महावाणिज्यदूत शेर्पा आफैंमा पनि बिश्वोका उच्च ७ हिमालहरुको अरोहण गर्ने सेभेन समिटर हुनुहुन्छ। पर्यटन तथा अन्य धेरै क्षेत्रका ब्यबसायी समेत रहनु भएका शेर्पाले बिश्वोको सर्बोच्च शिखर सगरमाथामा गैरआवासीय नेपाली संघको झण्डा समेत फहराउनु भएको थियो।

उसो त उहाँ सेभेन समिट फाउण्डेशनको संस्थापक र वर्तमान अध्यक्ष समेत हुनुह्न्छ। गैरआवासीय नेपाली संघमा उहाँको लामो समय देखि योगदान छ। २०१३/२०१५ मा आइसीसी सदस्य, २०१५(२०१७ मा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक रहनु भएको थियो। आफ्नो जिल्ला सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर ४ करोड रुपैयाँ भन्दा धेरै रकम सामाजिक क्षेत्रमा योगदान गर्नुभएका शेर्पाले गैरआवासीय नेपाली संघको हरेक मेगा प्रोजेक्टहरुमा पनि उतिकै योगदान गर्नुभएको छ। शेर्पा पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा जन्मनु भएको हो। १३ बर्षको उमेरमा नै अमेरिका आउनु भएका शेर्पा वासिंटन स्टेटबाट ग्राजुएट भएपछि चर्चित पर्यटकहरुको गन्तब्य हवाईमा मास्टर्स गर्न जानु भएको थियो।

यो पटक अमेरिकाको वेश्कोष्टका राज्यहरु र क्यानाडाका गरि ४० जना नेपाली मुलका अमेरिकी र क्यानडियन बच्चाहरुले नेपाल जान नेपाली भिसा समेत उहाँकै अफिसबाट लिइसकेका छन्। नेपालमा उनीहरु स्तरिय होटलमा सुरक्षित रुपमा बस्नेछन। नेपालमा रहँदा उनीहरुले नेपालको परंपरागत अर्गानिक खेतीपति, ह्याण्डिक्राफ्ट, परंपरागत पशुपालन, नेपाली गाउँ बस्ति, नेपालको सरकारी बिधालयको पठन(पाठन, सरकारी बिधालयका बिधार्थीहरुसंग अन्तरकृया, गाउपालिकाहरुको अफिस भिजिट, नेपाली कला, धर्म, संस्कृति, पर्यटकीय र ऐतिहाँसिक क्षेत्रको स्थलगत अध्यन र अबलोकन गर्नेछन।

त्यसैगरी आधा या एक दिन सम्मको ट्रेकिङ्ग, नेपाली पर्यटन बोर्डका विशिष्ट व्यक्ति, नेपालका बिशिष्ठ व्यक्तित्वहरुसंग भेटघाट, उनीहरुसंग नेपाली परंपरागत तरिकाले बनाइने चियापान, फोटो ओप र अन्तमा सर्प्राइज रुपमा विशिष्ट व्यक्तिहरुसँग गुडबाइ डिनरको समेत ब्यबस्था गरिएको छ। उनीहरुको लागि इण्टर्प्रेट गर्नको लागि पूर्व तथा निवर्तमान मिसनेपालहरुसँग सहकार्य गरिनेछ।

हरेक बर्ष जुन देखि अगष्ट सम्मको समर छुट्टीको अबधिमा सुरक्षित रुपमा नेपाल टुरमा जाने र फर्कने एउटा बिशेष प्याकेज नै तयार गरिएको कुरा महावाणिज्यदूत शेर्पाले बताउनु भयो। पहिलो कुरा बच्चाहरुको सुरक्षा अमेरिकी मापदण्ड अनुरुप काम्प्लाई गरिनेछ। सबैको यात्रा अबधिभरिसम्म अमेरिकी ट्राभल एड़भाइजरी गाइडमा अमेरिकी राजदूताबास काठमाण्डौको नियमित सम्पर्कमा रहनेछन। उनीहरुलाइ नेपालमा आफ्ना घरपरिवार भेट्नको लागि पहिला नै अमेरिकामा रहेका गर्जेंनहरुले फोटो सहित पूर्ण विवरण दिएर कन्फर्म गरेअनुसारको व्यक्ति र समयको लागि परिवार भेटघाटमा जानेछन।

अमेरिकाको प्राय सबैजसो स्कूलहरुमा समर छुट्टी पछि १र२ मिनेटको समय हरेक बिधार्थीलाइ समरमा के गर्यो भनेर भन्ने मौका हुन्छ। त्यो समय उनीहरुले आफू नेपाल गएको, विशिष्ट व्यक्ति भेटेको, नेपालको पर्यटन, खेती, खान इत्यादीबारे बताउनेछन। यसले नेपालको पर्यटन बढाउने, नेपाली बच्चाहरु नेपाल जाने बानी बसाल्ने, आफन्त र पुर्खाहरु भेट्ने, आफन्त चिन्ने, भाषा संस्कृति सिक्ने र प्रबर्धन गर्ने, ठुलो भएर नेपालमा लगानी गर्ने, जस्ता थुप्रै कुरामा प्रेरित गर्ने कुरामा सघाउ पुग्ने विश्वास महावाणिज्यदूत शेर्पाको रहेको छ। यहि कुरा अमेरिकामा नै जन्मेकी ९ औं ग्रेड सकेर छुट्टीमा बसेकी एक बिधार्थीलाइ जानकारी दिंदा एकदम एक्साइटेड भएर उनले अर्को बर्ष आफू पनि नेपाल जाने बताइन।

यो बर्ष पाइलट प्रोजेक्टको रुपमा ४० जना बच्चाहरु जाँदैछन्। बिस्तारै बढाएर बार्षिक १ लाख भन्दा धेरै बनाएर १० बर्षमा १० लाख बच्चा नेपाल जाने बनाउने शेर्पाको योजना रहेको छ। १० लाख बच्चाहरुले सरदर २ हप्ता नेपालको बसाइमा गर्ने खर्च नै जोड्दा पनि ३ अर्ब नेपाली रुपैयाँ भन्दा धेरै हुन्छ। यो एउटा अभियान हो, भोलि यसले पार्ने असर भनेको निरन्तर र अभिछिन्न रुपमा हुन्छ। नेपाली भाषा, साहित्य, कला, जस्ता कुरा बचेर निरन्तर रुपमा जानेछ। उनीहरुले लेखेर बताएका कुरा आजीवन रहन्छ।

अन्तमा, बिश्वोभरिमा नेपाल सरकारका ६६ वटा कन्सुलेट अफिस छन्। ति सबैले कम्तिमा पनि केहि हजार नै बच्चा नेपाल लग्दा पनि नेपाली मुलका बच्चा मात्र होइन नेपाल जानेको संख्याले नेपालको पर्यटनले फरक रुप लिन्छ। यस्तो पर्यटन दिगो हुन्छ। एक पटक गएको बच्चा अर्कोपटक पनि जान्छ, ठुलो भएर आफैं जान्छ। हाल झन्डै एक तिहाइ जनसंख्या नेपाल बाहिर छ, त्यो संख्याको एक तिहाइ मात्र बच्चा भएपनि ठुलो संख्या हो। यो अभियान दिगो हुन्छ, शेर्पाले भन्नुभयो।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस