गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त दीप संञ्चार जेठ ३०, २०७९ गते २३:०० मा प्रकाशित काठमाडौ- संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारी नियुक्ति र पदको चरम दुरुपयोगको बारेमा जनसवाल रास्ट्रीय दैनिकले पर्दाफास गरेपछि मन्त्रालयले निर्णय बदल्न बाध्य भएको छ ।समितिमा एकै घरका श्रीमान र श्रीमती पदाधिकारी चयन भएपछि चौतर्फी बिरोध भएको थियो । समितिमा एकैघरका अध्यक्ष राजकुमार लामा र श्रीमती धनीमाया तामाङ सदस्य भएका थिए ।नितिगत अनियमितता बारे अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायमा उजुरी परेपछि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन शुरु गरेका थिए ।सोमबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले सदस्यद्वय धनीमाया तामाङ र कुमार तामाङलाई पदबाट बर्खास्त गर्दै जानुका भण्डारी र श्याम खड्कालाई नया नियुक्ति गरेको छ ।यस अघि कुमार तामाङ सदस्य रहदा बैठकमा सधै फरक मत राख्दै आउने गरेका थिए । तामाङले नै समितिमा भस्ट्राचार भएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका थिए । तामाङले समितिका अध्यक्ष राजकुमार लामाको कार्यशैली ठिक नभएको र आफुले पटक-पटक मन्त्रालयमा उपस्थित नै भएर अध्यक्ष लामाको मातहतमा काम गर्न नसक्ने जानकारी गराएको बताए ।तामाङले मन्त्रालयले समितिका अध्यक्षको श्रीमती धनिमायालाई मात्रै हटाएर नहुने जनाउदै अध्यक्ष नै परिवर्तन गर्नुपर्ने बताए ।अन्यथा स्थानियहरुले आन्दोलनमा उत्रने उनले दावी गरे ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप