गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त दीप संञ्चार जेठ ३०, २०७९ गते २३:०० मा प्रकाशित काठमाडौ- संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारी नियुक्ति र पदको चरम दुरुपयोगको बारेमा जनसवाल रास्ट्रीय दैनिकले पर्दाफास गरेपछि मन्त्रालयले निर्णय बदल्न बाध्य भएको छ ।समितिमा एकै घरका श्रीमान र श्रीमती पदाधिकारी चयन भएपछि चौतर्फी बिरोध भएको थियो । समितिमा एकैघरका अध्यक्ष राजकुमार लामा र श्रीमती धनीमाया तामाङ सदस्य भएका थिए ।नितिगत अनियमितता बारे अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायमा उजुरी परेपछि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन शुरु गरेका थिए ।सोमबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले सदस्यद्वय धनीमाया तामाङ र कुमार तामाङलाई पदबाट बर्खास्त गर्दै जानुका भण्डारी र श्याम खड्कालाई नया नियुक्ति गरेको छ ।यस अघि कुमार तामाङ सदस्य रहदा बैठकमा सधै फरक मत राख्दै आउने गरेका थिए । तामाङले नै समितिमा भस्ट्राचार भएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका थिए । तामाङले समितिका अध्यक्ष राजकुमार लामाको कार्यशैली ठिक नभएको र आफुले पटक-पटक मन्त्रालयमा उपस्थित नै भएर अध्यक्ष लामाको मातहतमा काम गर्न नसक्ने जानकारी गराएको बताए ।तामाङले मन्त्रालयले समितिका अध्यक्षको श्रीमती धनिमायालाई मात्रै हटाएर नहुने जनाउदै अध्यक्ष नै परिवर्तन गर्नुपर्ने बताए ।अन्यथा स्थानियहरुले आन्दोलनमा उत्रने उनले दावी गरे ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट