Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए कतारद्वारा आइसिसिको पत्र तत्काल फिर्ता लिन आग्रह

एनआरएनए कतारद्वारा आइसिसिको पत्र तत्काल फिर्ता लिन आग्रह


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसीले १०औ सर्बसम्मतिको महाधिबेशनको हलवाट निर्विरोध निर्बाचित पदाधिकारीहरुमध्य ११ पदाधिकारीहरुलाई बिधान अनुसार नभएको भन्दै पदमा नरहन पत्र जारी गरेपछी ठुलो विवाद उत्पन्न भएको छ ।

हाल मध्यपुर्वमा रहेका एनआरएनए अभियन्ताहरुलगाएत एनआरएनए एनसिसि कतारले यस्को खुलेर बिरोध गरेका छन । एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिव पदम गिरिले बिज्ञप्ती नै निकालेर १०औ सर्बसम्मतिको महाधिबेशनको हलवाट निर्बाचित पदाधिकारीहरुमध्य ११ पदाधिकारीहरुलाई मात्रै बिधान अनुसार नभएको भन्दै आइसिसिले निकालेको बिज्ञप्ती तत्काल फिर्ता लिन आईसिसिलाई आग्रह गरेको छ ।

दशौं विश्व सम्मेलन सकीएको तेस्रो महीनामा यो विवाद बाहिर आएपछि एनआरएनएको पद विवाद उदाङ्गो भएको छ । एनआरएनए मध्यपुर्वका अभियन्ताहरुले मध्यपुर्वलाई निशाना बनाएर आइसिसिले गरेको उक्त निर्णय तत्काल फिर्ता लिन अनुरोध गरेका छन । उनिहरुले एनआरएनएमा हाल सहमती भाड़न केहि समुह लागिरहेको अवस्थामा आईसिसिले यस्तो विवादित कार्य नगरी अगाडी बढनुपर्ने बताए ।

एनआरएनए एनसिसि कतारले आईसिसिलाई लेखेको पत्र जस्ताको तस्तै

श्री अध्यक्ष र महासचिव ज्यू गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद
बिषय : निर्णय फिर्ता गरिपाउ ।
उपरोक्त सम्बन्धमा ०२ जुन २०२२ मा महासचिवद्वय गौरिराज जोशी र केशव पौडेलद्वारा हस्ताक्षर गरि १०औ महाधिबेशनमा कतार बाट निर्बाचित पदाधिकारीहरुको नाममा पठाइएको पत्रले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पत्रसँग सम्बन्धित रहेर केहि गम्भीर असहमति सहित यो निवेदन अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गरेका छौ ।

१-संघको सबैभन्दा सर्वोच्च निकाय अन्तर्राष्ट्रिय महाधिबेशन भएको हुँदा महाधिबेशन हलमा अध्यक्ष मण्डलले सहमतिको लागि भनि पेश गरेको पदाधिकारीहरुको नामावली एक मतले महाधिबेशन हलले पास गरेको कुरा हामी सबैलाई जानकारी नै छ । साथै निर्बाचित पदाधिकारीहरुले संघको बिधान अनुसार तिर्नपर्ने शुल्क तिरेर सपथ समेत खाइसकेको सन्दर्भमा महाधिबेसन सकिएको तीन महिना पछि योग्यता नपुगेको भनि संघको बिधान, भावना र १०औ एकता महाधिबेसनको मर्म बिपरित छ । तसर्थ १०औ एकता महाधिबेसन हुनु पुर्बको संसोधित बिधानको मर्ममा निम्न प्रश्न उठ्न सक्छन ।

क) महाधिबेसन द्वारा निर्बाचित एक पदाधिकारीले अर्को निर्बाचित पदाधिकारीलाइ कसरी अयोग्य साबित गर्न सक्छ र हाम्रो विधानको कुन धारामा यस्तो नियम को व्यवस्था गरिएको छ ?
ख ) के पत्राचार गरिएका पदाधिकारी उपर महाधिबेसन हलमा कुनै दाबीबिरोध वा उजुरी पेश भएको थियो रु यदि त्यसो हो भने किन सपथ गराई हालसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकहरुमा सहभागी गराइयो ?
ग ) अर्को गम्भीर प्रश्न के परराष्ट्र मन्त्रालयको निर्णय अनुसार संसोधित बिधान प्रमाणीकरण गरि सकेपछि बिधान अनुसार पदाधिकारीहरु निर्बाचित भएको छन् ?
त्यसोत निर्बाचित तीन युवा उपाध्यक्ष र दुइ महिला उपाध्यक्षको पद बिधानमा कहाँ उल्लेखित छ ?
घ) महाधिबेशन हलले दिएको अधिकार र एकता महाधिबेशनको सहमति बिपरित उपमहासचिवको पद सिर्जना गरि पुराना र जिम्मेवार अभियन्ताहरुको भावनामा चोट लाग्ने गरि गरिएको निर्णय र गैरआवासीय अभियन्ताहरुले कल्पनै नगरेको बिषय लाई के खारिज गर्न सक्नुहुन्छ ?
माथि उल्लेखित प्रश्नहरुले तपाई महासचिवहरुले पठाइएको पत्र १०औ एकता महाधिबेसनको मर्म बिपरित नितान्त पूर्वाग्रहपूर्ण छ उक्त पत्र फिर्ता लिएर संघलाइ पारदर्शी र व्यवस्थित रुपमा अगाडी बढाउन हामी आग्रह गर्दछौ । साथै १०औं महाधिबेसन हुनु पुर्बको संसोधित बिधान यसै साथ स्मरणको लागि पठाइएको छ ।
मोहम्मद मुक्तदा मुसलमान-अध्यक्ष

पदम गिरी – महासचिब

 

१० औं महाधिबेसन हुनु पुर्बको संसोधित बिधान जस्ताको तस्तै

गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशनको अध्यक्ष मंडलको निर्णय
गैरआवासीय नेपाली संघको सन् २६ मार्च २०२२ देखी २७ मार्च २०२२ मा काठमाडौँ स्थित होटेल हिमालयमा सम्पन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधन सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्न गरि निर्णय पारित गरियो ।

गैरआवासीय नेपाली संघको वर्तमान परिस्थिति र उत्पन्न विशेष अवस्थामा गैरआवासीय अभियानलाई एकीकृत रुपमा स्थापनाकालको उद्देश्यबाट विचलित नभइ अधिबढाउन संघका अग्रज तथा अभियन्ताहरु, नेपाल सरकार, नेपालका प्रमुख राजनीतिक, व्यवसायिक तथा सामाजिक संघ संस्था, स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूको चासो र चिन्ता सम्मिलित भावनालाई मध्यनजर गर्दै संघको नेतृत्व सहमतिमा चयन गर्नु पर्ने भएकोले यस संघको विधानको धारा १७/२ र १७/१० को व्यवस्था हाललाई निस्कृय गरी कार्यसमितिको पद र संख्या निर्धारण सहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णय अनुसार अध्यक्ष मण्डलले देहाय अनुसार निर्णय गरेको छ ।

“गैरआवासीय नेपाली संघको वर्तमान परिस्थिती र अवस्थालाई मध्यनजर राख्दै यस संघको विधानको धारा १७/२ को अध्यक्ष पद देखी क्षेत्रीय युवा उपसंयोजक सम्मको पदहरू र धारा १७/१० लाई निष्कृय गरी निम्न अनुसारको संशोधित व्यवस्था लागु गरिएको छ । यो संशोधित ब्यवस्था यस संघको यसपछिको (सन २०२३ को कार्यसमितीको निर्वाचन प्रक्रिया अगाडीको समयसम्म मात्र लागु हुनेछ र सो पश्चात स्वतहः निष्कृय हुनेछ । धारा १७/२
अध्यक्ष- ३
उपाध्यक्ष- ११
महासचिव २
उपमहासचिव -६
सचिब १०
सहकोषाध्यक्ष-८
महिला सहकोषाध्यक्ष-२
प्रवक्ता २
महिला संयोजक २
युवा संयोजक- २
क्षेत्रिय संयोजक २
क्षेत्रिय क्षेत्रिय उप-संयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५
क्षेत्रिय महिला संयोजक- २
क्षेत्रिय युवा संयोजक २
क्षेत्रिय महिला उप-संयोजक २
क्षेत्रिय युवा उप-संयोजक २

पुनस्च गैरआवासीय नेपाली संघको बृहत एकताको मर्मलाई आत्मसात गर्दै माथि उल्लेखित संशोधित विधानको धारा १७/२ मा कायम गरिएको
तिनै जना अध्यक्षहरुको सहमतीमा कार्यसमितीले निम्न पदहरु
थप गर्न सक्नेछ र थपिएका पदहरुको काम र कर्तव्यका सम्बन्धमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले छुट्टै कार्यविधि तयार गर्ने छ ।
उपाध्यक्ष २
महिला उपाध्यक्ष १
सचिव २
धारा १७/१० संघको चालू काम कारवाहीका सम्बन्धमा संघको दृष्टीकोण तथा धारणाहरु सार्वजनिक गर्न २ जना प्रवक्ता अध्यक्षले नियुक्ति गर्न सक्नेछ ।
डा. उपेन्द्र महतो
अध्यक्ष (अध्यक्ष मंडल)
गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन
मितिः २६ मार्च २०२२


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #एनआरएनए कतार

तपाईको प्रतिक्रिया दिनुहोस