गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए अमेरिका ओहायो च्याप्टरले मनायो वनभोज कार्यक्रम एनआरएनए अमेरिका ओहायो च्याप्टरले मनायो वनभोज कार्यक्रम दीप संञ्चार जेठ २४, २०७९ गते १३:४० मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा अमेरिकास्थित बल्याकलिक उड्स मेट्रो पार्कमा पहिलो पटक वनभोज तथा नेपाली संस्कृति झल्किने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।सो कार्यक्रममा ओहायोका विभिन्न शहरबाट विभिन्न संघसंस्थामा आबद्ध नेपाली र नेपाली भाषिहरूको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रम कमिटीका सबै सदस्यहरूको सहयोग र अध्यक्ष मोहन न्यौपानेको निर्देशनमा च्याप्टरका कोषाध्यक्ष होता राम विश्वकर्मा र सह-सचिब लोकेन्द्र प्रशाद देबकोटाले संचालन गरेका थिए ।कार्यक्रममा च्याप्टरका उपाध्यक्ष अबिचन्द्र दहालले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै, एनआएनए युएसए एनसीसीका उपाध्यक्ष गोपेन्द्र भट्टराईले एनआएनए युएसए एनसीसीको महत्व तथा भईरहेका गतिविधिको बारेमा प्रष्ट पारेका थिए ।आर्थिक संयोजनमा च्याप्टरका सदस्य डिल्ली केरूङ र सचिव रिद्दि खड्का खटिएका थिए भने अन्य सहयोगीको रूपमा च्याप्टर महिला संयोजक बिनिता आचार्य , सदस्य हरिहर दहाल र अन्य संगठनका शुभचिन्तकहरू क्रमसः , सन्तोषी खड्का, निर्मला लुईटेल, देबका कडेल, एलिशा ढकाल र सागर चापागाईंले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन आरति शर्मा र अनुष्का शर्माले नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय गायक हस्त देवले गित प्रस्तुत गरेका थिए । साथै अनुज दहाल र ओएसिस न्यौपानेले विशेषगरी बच्चाहरूलाई केन्द्रित गरि विभिन्न खेल खेलाएका थिए । कार्यक्रममा ड्रयागन एक्सप्रेस किचेनले स्वादिष्ट भोजन उपलब्ध गराई सहयोग गरेको थियो भने संगठनका शुभचिन्तक बिक्रम तामाङले फोटोग्राफर गरी सहयोग गरेका थिए ।अन्त्यमा च्याप्टरका अध्यक्ष न्यौपानेले नृत्य र गायनमा भाग लिने र खेल संयोजन गर्ने सबैलाई पुरस्कार बितरण गरेका थिए भने सचिव रिद्दि खड्काले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गरेका थिए ।जनतापाटिक्याटेगोरी : ग्लोबलट्याग : #NRNA, #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट