Techie IT
×
गृहपृष्ठग्लोबलबायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी

बायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी


काठमाडौं – मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष, क्रिस्टल मेडिकलका संचालक एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काविरुद्ध ठगी र राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्रबैंक, राजस्व बिभाग,कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखालगाएतका निकायमा उजुरी परेको छ ।

खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले ५ करोड ६० लाख कम्पनीको फाईदा रकम ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरु र देशलाई करोडौ ठगी गरेको भन्दै बिभिन्न निकायमा उजुरी दर्ता गराएका हुन ।

उजुरी दर्ता भएका निकायहरुले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काबिरुद्द उजुरी दर्ता भएको र आफुहरु अनुसन्धानमा रहेको बतायो । उक्त मुद्दामा अध्यक्ष खड्काबिरुद्द दर्जनौ आरोप प्रमाणसहित लगाईएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन ।

म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले कम्पनीको शुरुको फाईदा ५ करोड ६० लाख रुपैया अध्यक्ष खड्काले आफुहरुलाई बिभिन्न बहाना बनाएर नदिएकाले प्रहरीकोमा पुगेको र उनले मेडिकलको आवरणमा देश र स्वास्थ्य ब्यावसायीलाई करोडौ ठगी गरेकाले अर्थ मन्त्रालय,राष्ट्रबैंक, राजस्व बिभागलगायत सम्बन्धित सरोकारवाला निकायमा उजुरी गरेको बताए । उनीहरुले सरकारले आफूलगायत अन्यायमा परेका धेरै स्वास्थ्य ब्यावसायीलाई न्याय दिलाउनेमा आशा ब्यक्त गरे ।

अध्यक्ष खड्काले महासंघमा आवद्ध ३६ संस्थाका संचालकसँग बायोमेट्रिकका लागि मलेसिया पठाउने नाममा रुपैया ३१६४९१०० रिंगेट- र प्रतिकामदार थप २ हजार रुपैयाँ माग गर्न थालेपछी महासंघमा ठूलो विवाद भएपछि उनीहरुको भित्रि विवाद सार्वजनिक भएको हो । अहिले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ । ७० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिएका छन ।

त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ र ३ हजार १ सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ हाल कैलाश खड्का र मकुन्द भट्टराई संचालक रहेको म्याक्रोटेक प्रा।लि।मा जम्मा गर्ने गरिएको छ । खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि २ हजार बिभिन्न सेटिङ गर्नुपर्ने भन्दै माग्न थालेपछि स्वास्थ्य ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने गरेका छन् ।

सञ्चालकहरु भट्टराई र क्षेत्रीले दर्ता गरेको उजुरीमा ‘२०७५÷११÷०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको म्याक्रो टेक प्रालि रजिष्ट्रेसन नं। २०८८९७ कायम रहेको संस्थाको हामी संस्थापक सेयर सदस्य एवं सञ्चालक रहेको उल्लेख छ । यो कम्पनीले बायोमेडिकल सिष्टमसम्बन्धी कार्य गर्दछ । यो कम्पनीको कार्यालय का।म।न।पा।–३, महाराजगञ्जमा रहेको छ । यस कम्पनीको बैंक खातामा बायो मेडिकल सिष्टम सर्भिस चार्जको रकम प्रतिमेडिकल १०० आरएम ९रु। ३१६४।–० जम्मा हुने गर्दछ र सो रकमबाट प्रतिमेडिकल रु। १० कम्पनीले प्राप्त गर्दछ ।

हालसम्म यो कम्पनीले करिब ६५ करोडभन्दा धेरैको नगद कारोबार गरिसकेको संचालक भट्टराई बताऊछन । उक्त कम्पनीको सेयरमध्य भट्टराईको ३०५ र क्षेत्रीको ५०५ खडकाले हात लगाएपछि कम्पनीको बैंक खातामा रहेकी करिब ४५ करोड रुपैयाँ खड्काले कम्पनी रजिस्टर्ड कार्यालय र बैंकसँगको मिलेमतोमा कम्पनीको हस्ताक्षर आफ्नो नाममा मात्रै चल्ने बनाई निकालेको संचालक भट्टराई र क्षेत्रिले बताए ।

उनीहरुले आफ्नो हस्ताक्षर नभई बैंकका रकम निकाल्न नमिल्नेसमेत बताए । उनिहरुले गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई गत बिहिवार दर्ता नम्बर १०९४१ को एक निवेदन दिदै म्याक्रो टेक प्रालिको नाममा बैंकमा जम्मा भएको रकम रोक्का गरी पाउँ भनी उजुरी दर्ता गराएका छन । निवेदनमा निवेदक मुकुन्द भट्टराई शेयर सदस्य भएको म्याक्रो टेक प्रालीमा मलेसिया रोजगारीमा जाने नेपाली कामदारले बायोमेडिकल सिस्टमवापत प्रति कामदार बुझाउनु पर्ने रु। ३१६४ मलेसियाको बेस्टिनेट एसडिएन बिएसडी कम्पनीलाई भुक्तानी दिईने गरेको जनाएका छन । यहि सन्दर्भमा हाल मलेसिया जाने कामदारको नयाँ आवस्यकता एक दम कमी आए पनि आवश्यकता बिना नै मेरो पार्टनर कैलाश खड्काले मेरो सहमति विना आफ्नो असहमति हुँदाहुँदै मेडिकल भइरहेको भट्टराईले जनाएका छन ।

भट्टराईले जबर्जस्ती बायोमेडिकलबाट रु। ३१६४ रकम उठाई मलेसिया पठाउन करिब ६०,००० मेडिकलको ३६ स्वास्थ्य संस्थाबाट म्याक्रो टेक प्रालीको सनराइज बैंक, गैरीधारा, मेघा बैंक, कलंकि र एनसिसि बैंकमा जम्मा भएको १८,९८,४०,०००÷– ९अठार करोड अन्ठान्नब्बे लाख चालिस हजार रकम मलेसिया पठाउने तयारीमा रहेको हुँदा हाल देशमा रकम अभाव भएको विषम् परिस्थितिमा नियम संगत रुपमा हेर्दा उक्त रकम मलेसिया पठाउन नपर्ने निवेदनमा उल्लेख गरेका छन । भट्टराईले आफू संचालक भएको सो कम्पनीबाट उक्त रकम पठाउन आफू पूर्ण असहमत भएको जनाउदै आफू शेयर होल्डरको कुनै वास्ता नगरी जबर्जस्ती पठाउन जम्मा गरेको उक्त रकम तत्काल रोक्का गरी निजलाई कारवाही गरी अनावश्यक रूपमा मलेसिया पठाउन लागेको रकम रोक्का गरिदिनु हुन अर्थमन्त्रीलाई अनुरोध गरेका छन ।

भट्टराई र क्षेत्रीले नेपाल राष्ट्रबैकका गभर्नरलाई पनि उक्त रकम रोक्का गर्नका लागि उजुरी दर्ता गराएका छन । भट्टराईले आफ्नै पार्टनर कैलाश खड्काले बहुमत शेयरको दम्ब देखाई एकल निर्णयबाट बैंकमा आफ्नो सहमती बिपरीत किर्ते गरेर एकल खाता संचालन गरेको र कुनै पनि निर्णय, साधारण सभामा आफूलाई कुनै लिखित वा मौखिक जानकारी समेत नदिई मनोमानी ढंगबाट कार्य गरिरहेको निवेदनमा उल्लेख गरेका छन । भट्टराईले अबैध रुपमा मेडिकल गरी अवैध रुपमा जम्मा भएको रकम ३१६४ आन्तरिक राजस्व विभाग महाराजगन्जबाट प्रष्ट हुने भन्दै सबै प्रमाणहरु पनि पेश गरेका छन ।

सो रकम रोक्का गरीदिनु हुन राष्ट्रबैंकमा आफू संचालकको नाताले निवेदन पेश गरेको निवेदक मुकुन्द भट्टराईले बताए । उनले तत्काल यो रकम रोकि मलेसियामा बैदेशिक रोजगारीमा जाने कामदारलाई बायोमेट्रिकको नाममा हुने गरेको ठगी अन्त्य गर्न सबै सम्बन्धित निकायलाई अनुरोधसमेत गरे । हाल मलेसियाको लागी नेपालमा मेडिकल गरिएपनि धेरैको मलेसियामा इन्ट्री नगरिएको मेनपावर व्यवसायीहरुले बताए । यस बिषयमा अध्यक्ष खडकासँग प्रश्न गर्दा केहि निकायमा मुद्दा परेको जानकारी प्राप्त भएपनि यस बिषयमा धेरै नबोल्ने बताए । यो सबै छिट्टै समाधान हुने पनि उनले बताए ।-जनसवाल राष्ट्रिय दैनिकबाट साभार


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #कैलास खड्का

तपाईको प्रतिक्रिया दिनुहोस