Techie IT
×
गृहपृष्ठग्लोबलगल्फभुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व

भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व


प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक उभौली पर्व ( प्यहुगाल पारिम ) मनाएको छ ।

“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतीक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराका साथ आफ्नो भाषा, धर्म, संस्कृती लाई प्रवासमा रहेर पनि जोगाउदै , संरक्षण तथा प्रबर्द्धन गर्न २०१० मा स्थापना भएको समाजले समाजका अध्यक्ष युवाराज भुजेल ज्युको सभापतित्वमा जनजाती महासङ्घ कतार शाखाका अध्यक्ष पुरुशोतम सुनुवारको प्रमुख आतिथ्यमा पर्व मनाएको हो ।

विभिन्न जातिय सस्थाको उपस्थितिमा दिप प्रज्व्लन सहित सुर्य ,वायु,जल,जङ्गल ,जमिनको बिधिवत रुपमा पुजा आराधना गरिएको थियो ।

कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार
एबम कलाकारहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा समाजका कलाकार साथै कतारका चर्चित कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

शुक्रबार सनैयाको (white house) रेस्टुरेन्टमा सप्पन्न कार्यक्रमको सन्चालन समाजका महासचिव दुर्गा भुजेलले सन्चालन गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #कतार

तपाईको प्रतिक्रिया दिनुहोस