Techie IT
×
गृहपृष्ठखेलकुदकतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित)

कतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित)


एशियन कप छनौटको तयारीका निम्ति कतार आएको राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गरेको छ ।

एशियन कप छनौटको तेश्रो चरणको तयारीका लागि कतारमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरुले बिहिबार सामान्य शारिरिक ब्यायामबाट भ्रमणको शुरुवात गरेको हो ।

 नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपालले मे २८ मा टिमोर लिस्टे र जुन ३ मा ओमानसँग खेल्ने जनाएको छ ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।

नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद, ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस