Techie IT
×
गृहपृष्ठग्लोबलगैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह

गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह


गैरआवासीय नेपाली संघ एनआरएनएले गैरआवासीय नेपाली नागरिकता तत्काल लागू गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेपालको संविधान २०७२ मा सार्क मुलुकबाहेक अन्यत्र बसोबास गर्ने प्रवासी नेपालीहरूका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि त्यससम्बन्धी कानुन नबनेकाले अझैसम्म लागू हुन नसकेको अवस्थामा संघले उक्त माग अगाडी बढाएको हो । संघले प्रधानमन्त्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि ८ बुँदे सुझाव समेत दिएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकासलगायत विषयमा नेपाल सरकारलाई सुझावहरू पेश गरिएको बताए । संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमा पठाईएको पत्रमा समावेश गरिएका विषयहरू सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुन गई विदेशी मुन्द्राको सञ्चितिमा समेत वृद्धि हुने अध्यक्ष आचार्यले बताए ।

संघले गैरआवासीय नेपाली सम्बन्धि ऐन तथा नियमावली, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको द्विविधालाई हटाउन पनि सरकारलाई आग्रह गरेको छ । संघले गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति रहेका मुलुकहरूमा नेपाली दूतावास तथा कूटनीतिक नियोग स्थापनाका लागि पहल गर्नुपर्ने बताएको छ ।

संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरूलाई नयाँ व्यापार, व्यवसाय सुरु गर्नका लागि ज्ञान, सीप तथा पुँजीको व्यवस्था गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न सरकारलाई अनुरोध गरेको अध्यक्ष आचार्यले बताए । अध्यक्ष आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्काल कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको नीति तथा कार्यक्रम बनाउन सुझाव दिएको बताए ।

नेपालको विकास र समृद्धिमा हातेमालो गर्न प्रतिबद्ध रहेको जनाउदै अध्यक्ष आचार्यले संविधानमा उल्लेखित गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयन गरिएमा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई नेपालमा आफ्नो सीप र क्षमता भित्र्याउन प्रोत्साहित हुने बताए ।

अध्यक्ष आचार्यले नेपालको वैदेशिक मुद्रा संचितिमा कमी भैरहेका बेला नेपाली बैंकहरूमा डलर खाता खोल्न संघले अभियान नै सञ्चालन गरेको जनाउदै बिश्वमा रहेका गैरआवासीय नेपालीलाई आ आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न आग्रह गरे ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस