Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलकतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


दोहा – नवलपरासी सेवा समाज, कार्ड्स अर्गनाइजेसन र नेपलिज ब्रदर्श रुम कतारको संयूक्त आयोजनामा वनभोज कार्यक्रम सम्पन्न गत शुक्रबार अलदोसरी पार्कमा सम्पन्न भएको छ ।

नवलपरासी सेवा समाज र कार्ड्स कतारका अध्यक्ष कृष्ण  पन्थीको अध्यक्षता एवं कार्ड्स अर्गनाइजेसनका आइसिसी अध्यक्ष के. बि. हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कृजल पन्थी र जिया हमालले नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिवांसी कुवर, सन्ध्या अर्याल, अमित कुवर, सांस्कृतिक संयोजक अमित बरालीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगीहरूलाईसमेत सम्मान गरिएको आयोजकले जनाएको छ ।

सभापति पन्थीले संस्थाहरुले कतारदेखि नेपालसम्म सेवा र विकास लगायत व्यावसायिक सफलतातिर फड्को मार्दै अगाडि बढेको बताए । कार्यक्रम समापन गर्दै पन्थिले थपे, “हामिले निकट भविष्यमा थप भिजन र कार्य योजनासहित अगाडि  बढ्ने प्रतिबद्धता गर्दछौं”। कार्ड्स अर्गनाइजेसन कतारका वरिष्ठ उपाध्यक्ष राजाराम शाहीको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रमको सहजीकरण समाजका महासचिव दुर्गा हमालले गरेका थिए।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस