Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग

कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग


दोहा – कतार च्यारिटीले नेपालमा आठ वटा एम्बुलेन्स सहयोग गरेको छ ।नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई कतार च्यारिटीले आठ वटा एम्बुलेन्स सहयोग गरेको हो ।

लुम्बिनी जिल्लाको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई आवश्यकता भएकाले सबै प्राथमिक उपचार सामग्रीसहित आठ वटा एम्बुलेन्स उपलब्ध गराएको एम्बुलेन्सदाता कतार च्यारिटीले बताएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, स्वास्थ्यमन्त्री इन्द्रगीत थारु, स्वास्थ्यमन्त्री अथर कमल, संघीय संसदका सदस्य वसीउद्दीन खान, शिक्षामन्त्री मनोज भट्ट अमिन र समाज कल्याण परिषद्का सदस्यको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस