Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुसँगको अन्तरक्रिया सम्पन्न

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुसँगको अन्तरक्रिया सम्पन्न


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आब्हानमा मे १२, २०२२ मा संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुसँगको अन्तरकृया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा आयोजित उक्त अन्तरकृया कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं निवर्तमान प्रमुख संरक्षक डा शेष घले, अर्का पूर्व अध्यक्ष एवं निवर्तमान संरक्षक देवमान हिराचन तथा संघका पदाधिकरी, सल्लाहकार, आईसिसि सदस्य, राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

जुम भर्चुअल माध्यमबाट आयोजित कार्यक्रम नेपाली समय अनुसार मे १२, २०२२ बिहिबार साँझ ५:०० बजे सुरु भएर करिब ५ घण्टासम्म चलेको थियो। संघकी महासचिव जानकी गुरुङद्वारा संचालित कार्यक्रममा संघका अध्यक्ष बिनोद कुँवरले उपस्थित सबैलाई स्वागत गर्दै अन्तरकृया कार्यक्रको उद्देश्यको बारेमा जानकारी दिए।

यसैगरी संघका पूर्वअध्यक्षद्वय डा. शेष घले र देवमान हिराचनले दशौं अन्तरराष्ट्रिय महाधिवेशन सम्पन्न गर्दासम्म संघमा उत्पन्न असहज परिस्थिति र त्यसको पृष्ठभूमिको बारेमा प्रकास पार्नुहुदै त्यस्ता असहज परिस्थितिलाई निराकरण गर्न आगामी दिनमा आईसिसि र हरेक एनसिसिले खेल्नुपर्ने भूमिकाको बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए एनसीसीका अध्यक्ष, प्रतिनिधि तथा अन्य सहभागीहरु सहित गरि २ दर्जन जति बक्ताहरुले आगामी दिनमा संघले अपनाउनुपर्ने कार्यदिशा र आफूहरुले दिने योगदानबारे जानकरी र प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, नेदरल्याण्डका अध्यक्ष मिम पुर्जा, क्रोयसियाका अध्यक्ष सुर्य लामा, हङकङका बरिस्ठ उपाध्यक्ष बिजय गुरुङ, युकेका महासचिव खुसी लिम्बु, चाइनाका कोषाध्यक्ष बलराम तामाङ, जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, कोरियाकी पुर्व अध्यक्ष लक्ष्मी गुरुङ, स्पेनकी सचिव सुन्दरी लामा, मलेसियाका केशु थापा, पोर्तुगलका राजेन्द्र गौतम, इजरायलका दिपक ओली, कतारका शिव भुजेल, डेनमार्कका शशि श्रेष्ठ, न्यूजिल्याण्डका बिनोद आचार्य, कोरियाका श्रीप्रसाद श्रेष्ठले रहेका थिए। त्यसैगरी क्यानाडाकी रश्मी थापा, संयुक्त अरब इमिरेट्सका राजेन्द्र देवकोटा, कतारका रमेश भट्ट, ओमनका बिकास भुजेल र जीवन कार्की, अष्ट्रेलियाका पुरु श्रेष्ठ, दिपा राई, हङकङका त्रिलोक गुरुङ, जर्मनका दिल गुरुङ, विजय मोक्तान, अमेरिकाका पासाङ् लामा, एसी शेर्पा, भक्त भण्डारी लगायतले आफ्नो धारणा राख्दै वर्तमान आईसिसिसंग सहकार्य गरि अघि बढ्न प्रतिबद्द रहेको कुरा व्यक्त गरेका थिए ।

१३० भन्दा बढी व्यक्तिहरुको उपस्थित रहेको कार्यक्रममा ३० भन्दा धेरै एनसीसीहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई समापन गर्ने क्रममा संघका अध्यक्ष बिनोद कुँवरले कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न एनसीसीहरुबाट आएका धारणाहरुको बारेमा आईसिसिको आगामी बैठकमा छलफल गरी निर्णय गरिने र बैठकको निर्णय अनुसार हरेक एनसिसिहरुसंग छुट्टाछुट्टै सम्पर्क गरी अघि बढ्ने कुराको जानकारी दिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस