Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको ८५ औं बैठक सम्पन्न, विभिन्न टास्कफोर्सको जिम्मेवारी परिवर्तन गर्दै गर्यो विविध निर्णयहरु (नामपदसहित)

एनआरएनएको ८५ औं बैठक सम्पन्न, विभिन्न टास्कफोर्सको जिम्मेवारी परिवर्तन गर्दै गर्यो विविध निर्णयहरु (नामपदसहित)


काठमाडौँ–गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद एनआरएनएको ८५ औं बैठकले संघको २०२१–२०२३ संचालनसम्बन्धी कार्यविधि निर्देशिका अनुमोदन गरेको छ ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा शनिबार बसेको बैठकमा अध्यक्षद्वय रबिना थापा तथा बद्री केसीलगायत संघका ११६ जना पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिति रहेको थियो भने बैठक ६ घण्टा १२ मिनेट सम्म चलेको थियो । भर्चुअल माध्यमबाट गरिएको बैठकले आगामी कार्यकालको लागि एक महिनाभित्र नीति तथा कार्यक्रमहरु तयार गर्न उपमहासचिवद्वय नारायण काफ्ले र रामशरण सिम्खडालाई जिम्मेवारी दिएको छ ।
बैठकले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२२ अक्टोबर ८ देखि १० गतेसम्म विधान सम्मेलन, विज्ञ सम्मेलन तथा ‘एनआरएनए डे’ काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले बताए । गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकहरुलाई पदाधिकारी बैठकमा पर्यवेक्षकका रुपमा सहभागिता गराउने निर्णय गरिएको छ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा शुल्क तिर्न बाँकी पदाधिकारी, सदस्य तथा राष्ट्रिय समन्वय समितिहरुलाई १५ दिन भित्र शुल्क बुझाउन अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली संघको आगामी कार्यकालबाट महिला उम्मेदवारहरुको उम्मेदवारी शुल्क र बाँकी एनआरएनएको प्रयोजनको लागि तोकिएको शुल्कमा ५०५ छुट दिने निर्णय गरेको छ । वैदेशिक रोजगार कल्याणकारी कोष वृद्धि तथा उद्देश्य लक्षित कार्य गर्ने बैठकले निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी संघको युवा विभागलाई प्रदान गरेको छ । गैरआवासीय नेपाली संघको दशौं महाधिवेशनको संघारमा देखिएका समस्या समाधान र एनआरएनएमा एकता कायम गर्नको लागि अन्तर्राष्ट्रिय सचिवालय पदाधिकारीहरुलाई आवश्यकता अनुसार समिति गठन गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको पदाधिकारी बैठकबाट प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदल तथा समितिका संयोजकहरुको नामलाई अनुमोदन गर्दै एक महिना भित्र त्इच् बनाउन र राष्ट्रिय समन्वय समितिसँग समन्वय गरी कार्यसमितिलाई पूर्णता दिन अनुरोध गरेको छ ।
संघको दशौँ महाधिवेशन पश्चात विधानतः व्यवस्था भएको संरक्षक, केन्द्रीय सल्लाहकार, सदस्य र मानार्थ परिषद सदस्यहरुको मनोनयनका लागि अध्यक्ष र महासचिवहरुले १५ दिन भित्र सहमतिको आधारमा प्रक्रिया पुरा गरी मनोनयन गर्न अख्तियारी दिएको छ । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको बैठकद्वारा प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदलका प्रमुख तथा उपसमितिका संयोजकहरुको नामावलीलाई अनुमोदन गरेको छ । गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ८५ औं बैठक महासचिव केशब पौडेल र गौरी राज जोशीद्वारा संयुक्तरूपमा संचालन गरेका थिए ।

बैठकले पशुपति बिर्दाश्रमको सिनियर केयर प्रोजेक्टको सम्योजकमा कार्यकारी अध्यक्ष कुल आचार्य, एक क्षेत्र एक मोबाईल ब्लड बस प्रोजेक्टको संयोजकमा अध्यक्ष रबिना थापा, १० अर्ब फण्डको संयोजकमा अध्यक्ष बद्री केसीलाई तोकेको छ । बैठकले विधान समितिको संयोजकमा हेमराज शर्मा र सदस्य सचिवमा गंगाधर गौतमलाई तोकेको छ । त्यस्तै विधान समिति सदस्यमा आउन इच्छा जाहेर गरेका सदस्यहरुलाई सहभागिता गराई पूर्णता दिने निर्णय गरेको छ । बैठकले बैदेशिक रोजगार टास्क्फोर्सको संयोजकमा डिबि क्षेत्री र जयप्रकाश गुरुंगलाई तोकेको छ भने बैदेशिक रोजगार उद्दार कोषको संयोजकमा उपाध्यक्ष आरके शर्मालाई जिम्मा लगाएको छ । बैठकले एनआरएनए वेलफेयर समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र भाट र दुर्गा आचार्यलाई तोकेको छ । बैठकले ट्रेड एन्ड ईन्भेस्टमेन्ट समिति र ट्रेड एन्ड ईन्भेस्टमेन्ट प्रमोसन नेपाल कमिटीको संयोजकमा आरके शर्मालाई तोकेको छ ।

बैठकले सामाजिक उद्दमशिलता समितिको संयोजकमा युवा उपाध्यक्ष राज रेग्मी र महासचिव केशव पौडेलरगौरीराज जोशी पुनर्विभाजन र दोहोरो कर समितिको संयोजक तोकेको छ । यसै गरि बैठकले गैरआवासीय नेपालिको मतदान अधिकार समितिमा उपाध्यक्ष नरेन्द्र भाट र नेपाल प्रमोसन समितिको संयोजकमा उपाध्यक्ष धर्मराज अधिकारीलाई तोकेको छ । यसै गरि टुरिज्म प्रमोसन नेपाल समितिको संयोजकमा प्रवक्ता सोम सापकोटा नियुक्त भएका छन । यसैगरि महिला बिभागको संयोजकमा महिला उपाध्यक्ष यास्मीन बेगम सायद र युवा बिभागको संयोजकमा युवा उपाध्यक्ष राज रेग्मी, हिमाल गुरुङ र रोशन थापालाई जिम्मा दिएको छ । यस्तै बैठकले स्मार्ट एनआरएनए समिति संयोजकमा महासचिव केशव पौडेल र लजिस्टिक मेनेजमेन्ट समितिको संयोजकको जिम्मा उपाध्यक्ष रोविन्द श्रेष्ठलाई दिएको छ । यस्तै बैठकले बित्तिय स्थिरता समिति संयोजकमा कोषाध्यक्ष लोक दाहाल, सुनील शाह र फडिन्द्र पन्त र पोलिसी ईन्स्टिच्युट समितिको संयोजकको जिम्मा उपाध्यक्ष महेश श्रेष्ठलाई दिएको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #बैठक

तपाईको प्रतिक्रिया दिनुहोस