Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाएनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा कार्य गर्न एनआरएनएलाई श्रममन्त्रीको आग्रह

एनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा कार्य गर्न एनआरएनएलाई श्रममन्त्रीको आग्रह


नेपालीका लागि नेपाली भन्ने मुल नारा अङ्गालेर अगाडि बढिरहेका गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ कार्यालयको उदघाटन गरेको छ ।

मे १ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित एनआरएनएको नयाँ कार्यालय उदघाटन नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ’किसान’ ले एक भब्य कार्यक्रमका बिच गरेका छन। कार्यक्रममा प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ’किसान’ ले बिदेशमा रहेर पनि नेपाल र नेपालिको समस्यामा निरन्तर सहयोग गरेकोमा एनआरएनए मलेसिया र यस्का पदाधिकारिलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै अगाडी बढन आग्रह गरे ।

कार्यक्रममा विशेष अतिथि पुर्व एनसीसी मलेसियाका अध्यक्ष एवं बर्तमान आईसिसि सचिव खगेन्द्र न्यौपानेले शुभकामना दिदै एनआरएनएले आगामी दिनमा पनि समस्यामा परेका नेपालीलाई दुतावाससँग समन्वय गरेर थप उद्दार र राहतका कार्यक्रम गर्दै अगाडी बढ्न सुझाव दिए । न्यौपानेले यस्का लागी आईसिसिबाट र आफ्नो तर्फवाट एनसिसि मलेसियालाई पुर्ण सहयोग रहने बताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल राजदूतावासका तर्फबाट कार्यवाहक राजदूत मोती बहादुर श्रीषले नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्य मध्य मलेसिया एक भएकोले मलेसियामा दुई लाख भन्दा माथि श्रम स्वीकृति लिएर काम गर्दै आएको बताए । श्रमीक दिवसको अवसरमा मलेसियामा रहेको प्रत्यक श्रमिक हरुको शुख शान्ति समृद्धिको कामना गर्दै गैर आवासीय नेपाली संघ मलेसियाले दुई बर्ष भित्रमा covid-19 को महामारीमा समेत समस्यामा परेका नेपाली हरुको शुख दुस्खमा साथ दिदै भौतिक रुपमा राहतको प्याकेज लिएर वितरण देखि लिएर जेलमा परेको श्रमिक हरुलाई नेपाली राजदूतावास संग समन्वय गरि स्वदेश फिर्ता लगायतको काम हरु गरेको भन्दै गैरआवासीय नेपाली संघ मलेसिया लाई धन्यवाद ब्यक्त गरे । आगामि दिनहरुमा पनि मलेसियामा रहेको संघ संस्थाहरु सँग समन्वय गरेर काम गर्ने श्रीषले बताए ।

मे १ तारिख श्रमिक दिवस मनाउनुको साथै नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम सफल भएको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताए । एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखि नै मलेसिया कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित , दुखि , जेल परेका , अपांग , बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेको छ ।
आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस् र सहयोग पुगोस् र श्रमिकलाई उद्दार गर्न सजिलो होस् भन्ने उद्देश्यले नै क्वालालम्पुरमा एनआरएनएको कार्यालय संचालन गरिएको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरुलाई राख्न मलेसियाको कानुनले मान्यता नदिएपनि कुनै पनि श्रमिकहरु समस्यामा परेर एनआरएनएमा ठोकीन आए भने श्रमिकहरुको उद्धार गरेर सम्बन्धित परिवार सम्म पुर्याउने कार्य गरेको बताए । श्रमिकको सहयोगको लागी नै यो नया कार्यालय संचालन गरेको बताउदै आगामी दिनमा नेपाली दूतावास,सबै संस्थाह

रुसँग सहकार्य र समन्वय गरेर श्रमिक हरुको अधिकार हितको लागि काम गर्ने थापाले बताए ।
कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल, नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी ,पब्लिक रिलेसन आफिसर टेक बुढा, एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने,एसिया प्याशिफिक सहसंयोजक हरि भट्टराईलगायतले एनआरएनए एनसिसि मलेसियालाई शुभकामना ब्यक्त गरेका थिए ।

एनसिसि मलेसियाका अध्यक्ष विनोद थापाको सभापतित्वमा संपन्न कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम पनी प्रस्तुत गरिएको थियो । लामो समयको कोभिड महामारी पछि भएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम संचालन एनआरएनए मलेसियाका महासचिव रन्जित क्षेत्रिले गरेका थिए भने कार्यक्रममा एनसिसि मलेसियाका प्राय सबै पदाधिकारी,आईसिसि सदस्यहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #एनआरएनए मलेसिया

तपाईको प्रतिक्रिया दिनुहोस