गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक दीप संञ्चार वैशाख २०, २०७९ गते २२:०६ मा प्रकाशित गैरआवाशीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद एनआरएनए एनसिसी अमेरिकाले आफ्ना सदस्यहरुबापत आईसिसिलाई बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ ।एनआरएनए स्रोतका अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, संवाद र केन्द्रलाई रकम पठाउन देखिएका समस्यामा केन्द्रित तहबाट विशेष सहयोग गरेपछि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त रकम केन्द्रमा पठाएका छन । सो रकम शुक्रवार नै केन्द्रको खातामा जम्मा भईसकेको जनाईएको छ ।एनआरएनए अमेरिकाका अध्यक्ष सुबेदीको नेतृत्वमा रहेको कार्य समितिले एनआरएनएका करिव २० हजार सदस्यहरुको सदस्यता बापत केन्द्रलाई तिर्नुपर्ने दस्तुर नबुझाएको भन्दै उनको समितिलाई केहि समुहले भंग गरिएको भन्दै सुबेदीको ठाउँमा कृष्ण लामिछानेलाई चयन गरिएको दाबी गरेका थिए । यो घतनाले एनआरएनए भित्र ठुलो विवाद शुरु भएको थियो ।अध्यक्ष बुद्धि सागर सुबेदीको नेतृत्वमा रहेको कार्य समितिलाई खारेज गरेको घोषणा गर्दै कृष्ण लामिछानेलाई अध्यक्षमा चयन गरिएको भनिएपनि त्यो विधिविधान र नियम सम्मत थिएन । यसलाई आइसिसीले नै अवैधानिक, खारेजी, नियुक्ति केहि निर्णय नगरेको बताएको थियो ।यस अघि अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउनुपर्ने निर्णय गरेको थियो ।उक्त मिति नआउदै एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक प्रकाश सापकोटाको नामबाट बुद्धि सुबेदीको कार्य समितिलाई भंग गरिएको भनिएपछि ठुलो विवाद भएको थियो । अन्तत आइसिसिले सुवेदी नेतृत्वलाई नै बैध भनेको छ ।क्याटेगोरी : ग्लोबल, अमेरिकाट्याग : #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट