Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए अमेरिकाको हित विपरीत गतिविधि गर्ने र प्रोत्साहित गर्ने सबैलाई कारबाही गर्ने ८ औ बैठकको निर्णय (विज्ञप्तीसहीत)

एनआरएनए अमेरिकाको हित विपरीत गतिविधि गर्ने र प्रोत्साहित गर्ने सबैलाई कारबाही गर्ने ८ औ बैठकको निर्णय (विज्ञप्तीसहीत)


काठमाडौं – गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ८ औँ बैठकमा संस्थाको हित विपरीत भइरहेका गतिविधि माथि समीक्षा गरियो ।

त्यस्ता कार्यमा संलग्न देखिएका गैर आवासीय नेपाली सङ्घ अमेरिकामा सदस्य रहनु भएकाहरूलाई स्पष्टीकरण लिने र विधानले दिएको अधिकार प्रयोग गर्दै आवश्यक देखिएमा कारबाही गर्ने निर्णय गरिएको छ । संस्थाको हित विपरीत गतिविधि गर्ने र प्रोत्साहित गर्नेलाई पनि संस्थाको विधान अनुसार कारबाही गर्ने निर्णय गरिएको छ ।

एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे र पुरुषोत्तम बोहोराको नाममा समेत यस कार्यमा संलग्न देखिएका कारण संस्थाको ध्यान आकृष्ट भएको छ । आइसीसीको लेटरहेड र लोगो कुनै पनि वहानामा एनसीसी अमेरिका विरुद्ध प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ ।

एनसीसी र आईसीसी बिचको संवन्धलाई बिथोल्न र संस्थाको छवि बिगार्न एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे र अभिमन्यु बस्नेतको गतिविधिका सम्बन्धमा आईसीसीको नेतृत्व र सचिवालयसँग जानकारी माग गर्ने निर्णय समेत कार्यसमिति बैठकमा गरिएको छ ।

अमेरिकाको कानुन र संस्थाको विधान अनुसार पैसा पठाउन आवश्यक कागजात प्राप्त हुनासाँथ पञ्जीकृत सदस्यता शुल्क बापत प्रति सदस्य ५ डलरका दरले आइसीसीलाई पठाउने भनी यस अगाडि नै कार्यसमितिले निर्णय गरिसकेको हुँदा केही कागजात भर्खरै प्राप्त भएको हुँदा छिटै नै आईसीसीलाई पैसा पठाउने सहमति पनि बैठकमा भएको छ ।

एनआरएनए अमेरिकाले प्रकाशित गरेको
विज्ञप्ति जस्ताको तस्तै

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको ८ औँ बैठकमा संस्थाको हित विपरीत भइरहेका गतिविधि माथि समीक्षा गरियो । त्यस्ता कार्यमा संलग्न देखिएका गैर आवासीय नेपाली संघ अमेरिकामा सदस्य रहनु भएकाहरूलाई स्पष्टीकरण लिने र विधानले दिएको अधिकार प्रयोग गर्दै आवश्यक देखिएमा कारबाही गर्ने निर्णय गरिएको छ । संस्थाको हित विपरीत गतिविधि गर्ने र प्रोत्साहित गर्नेलाई पनि संस्थाको विधान अनुसार कारबाही गर्ने निर्णय गरिएको छ ।

एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे र पुरुषोत्तम बोहोराको नाममा समेत यस कार्यमा संलग्न देखिएका कारण संस्थाको ध्यान आकृष्ट भएको छ ।आइसीसीको लेटरहेड र लोगो कुनै पनि वाहानामा एनसीसी अमेरिका विरुद्ध प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ । एनसीसी र आईसीसी बिचको संवन्धलाई बिथोल्न र संस्थाको छवि बिगार्न एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे, पुरुषोत्तम बोहोरा र अभिमन्यु बस्नेतको गतिविधिका सम्बन्धमा आईसीसीको नेतृत्व र सचिवालयसँग जानकारी माग गर्ने निर्णय समेत कार्यसमिति बैठकमा गरिएको छ । अमेरिकाको कानुन र संस्थाको विधान अनुसार पैसा पठाउन आवश्यक कागजागत प्राप्त हुनासाँथ पञ्जीकृत सदस्यता शुल्क बापत प्रति सदस्य ५ डलरका दरले आइसीसीलाई पठाउने भनी यस अगाडि नै कार्यसमितिले निर्णय गरिसकेको हुँदा केही कागजात भर्खरै प्राप्त भएको हुँदा छिटै नै आईसीसीलाई पैसा पठाउने सहमति पनि बैठकमा भएको छ ।

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति : अप्रिल २६ तारिक २०२२


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस