Techie IT
×
गृहपृष्ठग्लोबलगल्फबुद्धभुमि कपिलवस्तु सेवा समाज कतारको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा वेल्वासे

बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा वेल्वासे


दोहा – बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले गत विहिवार तेस्रो अधिबेशन तथा इफतार कार्यक्रम सम्पन्न गरेको छ।

ईस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर समाजले इफतार कार्यक्रम तथा आफ़नो तेस्रो अधिबेशन दोहामा सम्पन्न गरेको हो ।

कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष विवस बेल्बासेको सवापतित्व एवं ग़ैरआवासीय नेपाली संघ अंतर्रष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष उपाध्यक्ष नरेन्द्र भाट को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।

लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे, समाजसेवी क्रान्ति सिंह, केबि हमाल, ठाकुर कुमार परिवार,  केदार नाथ भुसाल, साकिर अलि, गुल्मी सेवा समाजका कमल अर्याल, अर्घाखाँची सेवा समाजका महासचिव बलाराम पाण्डे, नवलपरासीका अध्यक्ष कृष्ण पन्थी, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष विष्णु खडका, दीप संचार मिडियाका प्रधान सम्पादक दीपजंग शाह  लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा समाजका श्रीधर पौडेल स्वागत मन्तव्य र संस्थाका महासचिव राजेन्द्र पाण्डेले कार्यक्रम सहजीकरण सहजीकरण गरेका थिए ।

“कपिलवस्तु वासीको चाहना, सभ्य र समृद्ध समाजको कल्पना ” भन्ने मुल नाराका साथ विक्रम सम्बत : २०७२ सालमा कतारमा स्थापित संस्थाको तेस्रो अधिवेशनले कार्यवाहक अध्यक्ष वेल्बासेकोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरीएको थियो।

अधिबेशनले प्रथम उपाध्यक्षमा अक्तर हुसेन, दितिय उपाध्यक्षमा जितेन्द्र बेल्वासे, महासचिवमा राजेन्द्र पाण्डे, सचिवमा राजेन्द्र भुसाल, सह-सचिवमा श्रीधर पौडेल, कोषाध्यक्षमा नयन शिह नेपाली, सह कोषाध्यक्षमा केशब बेल्वासे चयन भएका छन ।

यस्तै सदस्यहरुमा मोहन जि सि, गोपाल भुसाल, मघु आचार्य, शिवपुजन यादब, कविराम गैरे, नारायण पौडेल, लक्ष्मण पोख्रेल, बैकुन्ठ खनाल, सुनिल भुसाल, केशब पोख्रेल रहेका छन।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #Gulf, #Qatar

तपाईको प्रतिक्रिया दिनुहोस