Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले एक कार्यक्रम विच गत शनिवार शुभकामना आदान प्रदान तथा ईफ्तार कार्यक्रम दोहामा सम्पन्न गरेको छ।

नेपाली नयाँ वर्ष २०७९ साल तथा ईस्लाम धर्मावलम्बिहरुकाे महान चाड रमजानकाे अवसर पारी उक्त कार्यक्रम दोहा स्थित आभा मंजु रेष्टरेण्टमा सम्पन्न गरेकाे हो ।

शाखाका प्रमुख सल्लाहकार तिर्थ संगम राईकाे प्रमुख आथित्यता एवं शाखाका अध्यक्ष करिम बक्स मियाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति राई लगायत शाखाका सल्लाहकारहरू क्रान्ति सिंह, रामप्रसाद पराजूली, सिताराम थापा, अनुशासन समिति संयाेजक दीपजंग शाह लगायतका अग्रज पत्रकारहरुले पत्रकारिताको दायित्व एवं क्षेत्राधिकार लगाएतको विषयलाई प्रकाश पार्दै कतारमा पत्रकारिता गर्दाकाे आफ्ना अनुभवहरु बाँडेका थिए ।

कतारमा रहेर पत्रकारिता गर्दा अवसर र चुनैति दुबै रहेको जानकारी दिदैं सभापति मियाले समापन गरेको कार्यक्रमको सहजीकरण शाखाका सचिव ढाकाराम पौडेलले गरेका थीए ।

शाखामा उपाध्यक्ष दिलकुमार श्रेष्ठकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा शाखाको नयाँ न्यूज़ पोर्टल संचालन गर्न शाखाका  सल्लाहकार सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरीएको थियो। समितिको सदस्यहरूमा शाखाका सल्लाहकारहरू पराजुली र थापालाई चयन गरीएको थियो ।

शाखाका पूर्व कोषाध्यक्ष भोला थापाले परीक्षणका रूपमा वेव साईड संचालनमा आएको र आधिकारीक संचालन छिट्टै गरिने जानकारी गराएका थिए।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस