गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न शावित्रा शर्मा वैशाख ६, २०७९ गते १७:३८ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले एक कार्यक्रम विच गत शनिवार शुभकामना आदान प्रदान तथा ईफ्तार कार्यक्रम दोहामा सम्पन्न गरेको छ।नेपाली नयाँ वर्ष २०७९ साल तथा ईस्लाम धर्मावलम्बिहरुकाे महान चाड रमजानकाे अवसर पारी उक्त कार्यक्रम दोहा स्थित आभा मंजु रेष्टरेण्टमा सम्पन्न गरेकाे हो ।शाखाका प्रमुख सल्लाहकार तिर्थ संगम राईकाे प्रमुख आथित्यता एवं शाखाका अध्यक्ष करिम बक्स मियाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति राई लगायत शाखाका सल्लाहकारहरू क्रान्ति सिंह, रामप्रसाद पराजूली, सिताराम थापा, अनुशासन समिति संयाेजक दीपजंग शाह लगायतका अग्रज पत्रकारहरुले पत्रकारिताको दायित्व एवं क्षेत्राधिकार लगाएतको विषयलाई प्रकाश पार्दै कतारमा पत्रकारिता गर्दाकाे आफ्ना अनुभवहरु बाँडेका थिए ।कतारमा रहेर पत्रकारिता गर्दा अवसर र चुनैति दुबै रहेको जानकारी दिदैं सभापति मियाले समापन गरेको कार्यक्रमको सहजीकरण शाखाका सचिव ढाकाराम पौडेलले गरेका थीए ।शाखामा उपाध्यक्ष दिलकुमार श्रेष्ठकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा शाखाको नयाँ न्यूज़ पोर्टल संचालन गर्न शाखाका सल्लाहकार सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरीएको थियो। समितिको सदस्यहरूमा शाखाका सल्लाहकारहरू पराजुली र थापालाई चयन गरीएको थियो ।शाखाका पूर्व कोषाध्यक्ष भोला थापाले परीक्षणका रूपमा वेव साईड संचालनमा आएको र आधिकारीक संचालन छिट्टै गरिने जानकारी गराएका थिए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल