गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गरे अर्थमन्त्री शर्मासंग भेट, एनआरएनएका योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन अनुरोध एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गरे अर्थमन्त्री शर्मासंग भेट, एनआरएनएका योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन अनुरोध दीप संञ्चार चैत्र २३, २०७८ गते ८:५७ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले माननीय अर्थमन्त्री जनार्दन शर्मा संग भेट गर्नु भयो ।उहांले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराउनु भयो । उहांले गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि प्रतिवद्धता जाहेर गरे अनुरुप कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशिला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न नेपाल सरकारको सहयोगमा एन.आर.एन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरेको बताउनु भयो ।यस कार्यमा नेपाल सरकारले संस्थापक लगानीकर्ताको रुपमा रु. ५० करोड रकम फण्डमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गरी सहयोग गरेकोमा नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्नु भयो । साथै उहांले गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नकोलागि कानुनी संरचना सुधारको कदम चाल्नकोलागि पहल गरिदिनहुन माननीय मन्त्रीलाई अनुरोध गर्नु भयो ।यसको जवाफमा माननीय मन्त्रीज्यूले गैरआवासीय नेपालीहरुले राष्ट्रको समृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो । साथै उहांले हाल गैरआवासीय नेपालीहरुको लगानीमा देखा परेको कानुनी अड्चनलाई फुकाएर अध्यधिक मात्रामा गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाल भित्र्याउन नेपाल सरकार कटिबद्ध रहेको जानकारी दिनु भयो । साथै उहांले गैरआवासीय नेपालीहरुले ५० अरबको लगानी नेपालमा ल्याएमा नेपाल सरकारको तर्फबाट थप १० प्रतिशत रकम त्यस फण्डमा जम्मा गरिदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । अन्त्यमा संघका कार्यकारी अध्यक्ष आचार्यले यसको लागि विश्वभरीका नेपालीहरुलाई नेपालमा लगानी गर्नको लागि आह्वान समेत गर्नु भयो ।साथै उहांले हालै सम्पन्न भएको १०औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गर्नु भयो ।१. १०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रमम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने सम्बन्धमा ।२. वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने सम्बन्धमा३. नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने सम्बन्धमा ।४. कम्तिमा १० अर्बको एन। आर। एन। नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानूनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने सम्बन्धमा ।५. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कलायणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने सम्बन्धमा ।संघले राखेका यी ५ वटा विषयमा माननीय मन्त्रीज्यू सकारात्मक हुनु भएको र नेपाल सरकारको तर्फबाट यसमा सहयोग हुने प्रतिबद्धता जाहेर गर्नु भयो । यस भेटघाटमा एन।आर।एन। नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न