गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएका कार्यकारी अध्यक्ष आचार्यले गरे मुख्य सचिव वैरागीसंग भेट, संघलाई अवश्यक सहयोगको आग्रह एनआरएनएका कार्यकारी अध्यक्ष आचार्यले गरे मुख्य सचिव वैरागीसंग भेट, संघलाई अवश्यक सहयोगको आग्रह दीप संञ्चार चैत्र २३, २०७८ गते ८:४९ मा प्रकाशित काठमाडौं- गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नेपाल सरकारको मुख्य सचिव शंकरदास वैरागी संग भेट गर्नु भयो । उहांले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराउनु भयो ।साथै उहांले हालै सम्पन्न भएको १०औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गर्नु भयो ।१. १०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने सम्बन्धमा ।२. वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने सम्बन्धमा३. नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने सम्बन्धमा ।४ कम्तिमा १० अर्बको एन। आर। एन। नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानुनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने सम्बन्धमा ।५. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने सम्बन्धमा ।संघले राखेका यी महत्वपूर्ण विषयहरुमा मुख्य सचिव सकारात्मक हुनु भएको र यस विषयहरुलाई सम्बन्धित निकाय संग सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहांले आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्न थालेको प्रति प्रशंसा गर्दै यस पुनित कार्यको लागि नेपाल सरकारको सहयोग रहने जानकारी गराउनु भयो । यस भेटघाटमा एन.आर.एन. नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप