गृहपृष्ठ ∕ ग्लोबल ∕ नवनिर्बाचित एनआरएनए टिमलाई एकिकृत समाजवादी पार्टीको सम्मान तथा बधाई नवनिर्बाचित एनआरएनए टिमलाई एकिकृत समाजवादी पार्टीको सम्मान तथा बधाई दीप संञ्चार चैत्र १६, २०७८ गते २२:११ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवाद पार्टीका नेतागण संग भेटघाट गरेका छन्।उक्त भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादीले गैर आवासिय नेपाली संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिएका थिए।यसै अवसरमा एनआरएनए प्रतिनीधि मण्डलले गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा सम्बोधन सहकार्य र समन्वय गरिदिनुहुन आग्रह गरेका छन्।पूर्व प्रधानमन्त्री खनालले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा र नेपाल बाहिर गरेका गतिविधीप्रति प्रशंसा गरेका थिए।सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा खनालले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै अहिले ढिला भइसकेको र यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिएका थिए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल