Techie IT
×
गृहपृष्ठग्लोबलअन्तराष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापना हुन्छ : गृहमन्त्री खाण

अन्तराष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापना हुन्छ : गृहमन्त्री खाण


काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग गृह मन्त्रालयमा बुधबार भएको भेटमा गृहमन्त्री खाणले स्वदेशमै उत्पादित विद्युत सबै नेपालीहरूको घर–घरमा पु¥याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए ।
उनले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रूपमा रहेको बताए । ‘अहिले आयात र निर्यातमा सन्तुलन छैन ।

व्यापार घाटा बढ्दो छ,’ गृहमन्त्री खाणले भने, ‘आयात र निर्यातमा सन्तुलन कायम राख्न र व्यापार घाटा कमगर्न केही समय लाग्छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यसको आयात पनि बढ्दो छ । जसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । विद्युत उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै यसलाई क मगर्न सकिन्छ । त्यसमा ध्यान दिन आवश्यक छ ।’

गृहमन्त्री खाणले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै, संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकतालगायतका सहुलियत दिन सरकार सकारात्मक रहेको बताए । नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतिक्षामा रहेको बताए । गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन संविधानमा गैरआवासीय नेपालीबारे विभिन्न व्यवस्था गरिएको उनको भनाइ थियो ।

संविधानमा व्यवस्था भए अनुरुप कानुन बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाणको भनाइ थियो । त्यस्तै गैरआवासीय नेपालीहरूलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताए ।

भेटमा गृहमन्त्री खाणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनु पर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी बाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ । भेटमा नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य र डा। बद्री केसीले मागबारे आफ्ना धारणा राखेका थिए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस